ताजा अपडेट

ट्रेन्डिङ

जुम्लाको कालिका मा.वि.ले पायाे पक्की भवन

Gyan Khabar

ज्ञानखबर संवाददाता

१५ मङ्सिर २०७९, बिहिबार
55 पटक हेरिएको
जुम्लाको कालिका मा.वि.ले पायाे पक्की भवन

जुम्लाको हिमा गाउँपालिकास्थित कालिका मा.वि. बड्कीमा पक्की भवन निर्माण भएको छ ।  लामो समयदेखि भौतिक संरचना अभावमा रहेका यहाँ विद्यार्थीले अब पक्की भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन् ।

राष्ट्रिय योजना आयोग र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका दुई भवन एकैसाथ उद्घाटन गरेकाे कालिका माध्यमिक विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीले राष्ट्रिय योजना आयोगको एक कराेड आठ लखा सहयोगमा चारकोठे पक्की भवन निर्माण भएको बताए । उनका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे भवन भएकाे निर्माण हो । नवनिर्मित भवन उद्घाटन हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गरेका हुन् ।