ताजा अपडेट

ट्रेन्डिङ

डिप्लोमा तहका सेमेष्टर परीक्षा प्रणालीको परीक्षाको आवेदन फाराम भर्ने बारेको सूचना

Gyan Khabar

ज्ञानखबर संवाददाता

९ चैत २०७९, बिहिबार
198 पटक हेरिएको
डिप्लोमा तहका सेमेष्टर परीक्षा प्रणालीको परीक्षाको आवेदन फाराम भर्ने बारेको सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेष्टर परीक्षा प्रणालीको नियमित / आंशिक परीक्षाको आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ ।

त्यस परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा संचालित शिक्षालयहरुमा डिप्लोमा इन इन्जिनियरिङ्ग, फुड एण्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेण्ट, एग्रिकल्चर ( प्लान्ट साइन्स र एनिमल साइन्स), इन्टरप्रेनरशिप डेभलपमेण्ट तथा सोसियल वर्क्स कार्यक्रम प्रथम बर्ष प्रथम खण्ड नियमित / आंशिक परीक्षा २०८० वैशाख महिनामा संचालन हुने जानकारी गराउँदै परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरी बुझाउनका लागि सूचना प्रकाशित गरेको हो ।

२०७९/१२/२२ गते बुधबार भित्र नियमित शुल्क र २०७९/१२/२९ गते बुधबार भित्र विलम्ब शुल्कको म्याद तोकिएको हुँदा सम्बन्धित शिक्षालयहरुले अनिवार्य रुपमा विद्यार्थीहरुबाट परीक्षा आवेदन फाराम भराउनु हुन सूचना प्रकाशित गरेको छ ।