ताजा अपडेट

ट्रेन्डिङ

बासु मावि स्थापना दिवसको अवसरमा साइकलयात्रा सम्पन्न 

Gyan Khabar

ज्ञानखबर

शनि, असार २३, २०८०
507 पटक हेरिएको
बासु मावि स्थापना दिवसको अवसरमा साइकलयात्रा सम्पन्न 

बासु माध्यमिक विद्यालयको ६१औं स्थापना दिवसको अवसरमा शनिबार भक्तपुरमा साइकलयात्रा सम्पन्न भएको छ ।

साइकलयात्राको उद्घाटन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका बागमति प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साइकलको प्रयोगले व्यक्ति मात्र नभई सिंगो देश स्वस्थ, सक्रिय र बलियो हुने बताउनुभयो ।

छोटो दूरीको यात्राको निम्ति पेट्रोलियम इन्धनको खपत हुने यातायातको साटो साइकल प्रयोग गर्न सकिए प्रदुषणमा कमी हुनुका साथै देशको अर्थतन्त्र उकास्न पनि सहयोग हुने उहाँको तर्क थियो । छिमेकी मित्र देश चीनको उदाहरण दिनुहुँदै उहाँले देशको अर्थतन्त्र जोगाउन र आफ्ना नागरिकहरुलाई स्वस्थ राख्न सरकारले साइकल मैत्री शहरको अवधारणालाई अगाडी सार्नुपर्ने धारणा राख्नुभयो ।

भक्तपुरको ब्यासीस्थित विद्यालयको प्राङ्गणबाट सुरु भएको साइकल यात्रा भक्तपुरको झौखेल, दुवाकोट, सल्लाघारी, सिद्धपोखरी, दरबारक्षेत्र, टौमढी, दत्तात्रय, च्याम्हसिंह, कमलविनायक हुँदै पुनः विद्यालयको प्राङ्गणमा पुगेर टुङ्गिएको थियो ।

FB IMG 1688820263572

साइकल कनेक्ट भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त साइकल यात्रामा ३ सयभन्दा बढी साइकलयात्रीहरुको सहभागीता रहेको थियो । 

FB IMG 1688820503596