ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरको मदरल्याण्ड स्कुललाई अन्तर्राष्ट्रिय ‘इन्नोभेटिव स्कुल अवार्ड–२०२३’

Gyan Khabar

ज्ञानखबर

बिहि, साउन ४, २०८०
256 पटक हेरिएको
भक्तपुरको मदरल्याण्ड स्कुललाई अन्तर्राष्ट्रिय ‘इन्नोभेटिव स्कुल अवार्ड–२०२३’

मदरल्याण्ड स्कूल सूर्यविनायक भक्तपुरले अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’ प्राप्त गरेको छ ।

विगत १९ वर्षको लामो समयदेखि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै छाप छाड्न सफल सूर्यविनायक नगरपालिका वडा नं. ९ मा भातेढिकुरमा अवस्थित मदरल्याण्ड स्कूलले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप उक्त अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड – २०२३’ प्राप्त गरेको हो ।

एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड-२०२३, सिङ्गापुर र मलेसियामा उक्त अवार्ड प्रदान गरिएको हो । मदरल्याण्ड स्कुलले शैक्षिक गुणस्तर तथा सामाजिक क्षेत्रामा पनि योगदान दिएकोमा अब शिक्षामा सफलतापूर्वक नयाँ अभ्यास र प्रयोग गर्न उत्प्रेरित गर्दै अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा मदरल्याण्ड सहित नेपालका ३३ वटा विद्यालयलाई विविध विधामा अवार्ड प्रदान गरिएको थियो । शिक्षा क्षेत्रको विकासमा पुर्याएको विशिष्ट योगदानको कदर स्वरूप प्रदान गरिएको आयोजकले जनाएको छ ।

आयोजक एक्जिटोले नेपालका ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न विधामा ३३ वटा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड जित्न सफल विद्यालयहरुलाई आयोजकले एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदान प्रदान समेत गराएको थियो ।

जुलाई १७ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न मुख्य अवार्ड कार्यक्रममा मदरल्याण्ड स्कूलका प्रिन्सिपल संजय खड्काले लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट अवार्ड ग्रहण गरेका थिए । अवार्ड प्राप्त गरेपछि मदरल्याण्ड स्कूलका प्रिन्सिपल संजय खड्काले यो अवार्डले थप जिम्मेबारी प्राप्त गरेको धारणा राखे । यसले नेपालको शिक्षा क्षेत्रको विकासमा लाग्न थप हौसला मिलेको बताउँदै प्रिन्सिपल खड्काले मदरल्याण्ड स्कुललाई प्रविधि मैत्री बनाई अगाडि बढाउन अझै मेहनतका साथ लाग्न चुनौति थपिएको बताए।

motherland gyan award2

एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुर र मलेसियामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सञ्चालक तथा स्कुलहरुलाई एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड-२०२३ द्वारा सम्मान गरिएको थियो ।

सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो. चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरिएको थियो । नेपालभरीबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज, तथा स्कुल सन्चालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरेको हो ।