ताजा अपडेट

ट्रेन्डिङ

आन्तरिक र कासमूको आधारमा शिक्षक बढुवाका लागि आवेदन माग

Gyan Khabar

ज्ञानखबर

११ भदौ २०८०, सोमबार
735 पटक हेरिएको
आन्तरिक  र कासमूको आधारमा शिक्षक बढुवाका लागि आवेदन माग

शिक्षक सेवा आयोग आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ ।

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार विभिन्न जिल्ला तह र श्रेणीमा रिक्तरहेका शिक्षक पदहरूमा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाको निमित्त सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भर्न शिक्षक सेवा आयोगले सूचना प्रकाशित गरेको हो ।

आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) का लागि मिति भदौं ११ गतेदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत अनलाइन दरखास्त पेस गर्नुसकिने जनाएको छ । साथै अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन÷संशोधन तथा थपघट गर्न नसकिने सूचनामा उल्लेख गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवा (७५ प्रतिशत) का लागि आयोगबाट निर्धारित दरखास्त फाराम भरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ मार्फत दरखास्त पेस गर्नुपर्ने छ ।