ताजा अपडेट

ट्रेन्डिङ

मण्डली माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, भदौ २९, २०८०
754 पटक हेरिएको
मण्डली माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पाल्पाको तेल्घास्थित मण्डली माध्यामिक विद्यालयले ५९ औँ बाल दिवसको अवसरमा दिवसकै नारा ” बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी ” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

आधारभूत र माध्यमिक तहका बालबालिकाको निम्ति आयोजना गरिएको उक्त प्रतियोगितामा कक्षा १२ कि सम्झना विक प्रथम, कक्षा १० का अंकित चिदी द्वितीय, कक्षा ६ का रिजन लिम्बू तृतीय र कक्षा ८ कि निर्जला सारु सान्त्वना स्थान प्राप्त गरि पुरस्कृत भएका थिए ।

विद्यालयका प्रधानाध्यापक राम बहादुर विकले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको र कार्यक्रम शिक्षक विष्णु बश्याल्ले संचालन गरेका थिए ।

पुरस्कार वितरण पछि विभिन्न नारा लेखिएका प्लेकार्ड सहित बाल अधिकार सम्बन्धि नारा लगाई विद्यालयको परिक्रमा गरिएको थियो।

376518620 1037673740588772 8881778126671932595 n

378039075 6503734809717225 7789734936800149941 n