ताजा अपडेट

ट्रेन्डिङ

भीम आदर्शमा बाल दिवस सम्पन्न

Gyan Khabar

ज्ञानखबर

३० भदौ २०८०, शनिवार
267 पटक हेरिएको
भीम आदर्शमा बाल दिवस सम्पन्न

भीम आदर्श आधारभूत विद्यालयमा अतिरिक्त प्रतियोगिता संचालन गरी अन्तर्राष्ट्रिय बालदिवश बाल सम्पन्न गरेको छ ।

विद्यालयका प्रधानाध्यापक दीपक माकले बाल अधिकारलाई प्रत्याभूत गर्ने उद्देश्यले विद्यालयमा विभिन्न तहका विद्यार्थीहरूलाई सक्रिय सहभागिता गराएको बताउँदै विद्यार्थीहरूको भविष्यलाई सुरक्षित पार्न तिनीहरूको लागि आवश्यक लगानी राज्य र सरकारले गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा म्युजिकल चियर, बल एण्ड स्पोन, क्याप्टर पिलर, बल क्यारी, एक खुट्टे तथा तीन खुट्टे खेलहरूमा विद्यालयका नर्सरी कक्षा देखि ७ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता जनाएका थिए ।

उत्कृष्ट खेल प्रदर्शन गरेका विद्यार्थीहरूलाई विद्यालयका प्रअ दीपक माकले पुरस्कार वितरण गरेको सो कार्यक्रममा विद्यार्थीहरूले आआफ्नो सांस्कृतिक प्रस्तुतिको रूपमा नृत्य प्रस्तुत गरेका थिए ।