ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, अशोज २२, २०८०
387 पटक हेरिएको
वागीश्वरी कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले युग सुहाउँदो जनशक्ति उत्पादन गर्ने, आफ्नै बलबुट्टामा उभिने प्रयास गर्ने र सम्पूर्ण विद्यार्थीहरुमा देशभक्ति भावना जगाउनुपर्नेमा जोड दिएको छ । वागीश्वरी कलेज अफ म्यानेजमेन्टमा बीबीए प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले उक्त विचार व्यक्त गरेको हो ।

देशमा साँचो परिवर्तन चाहने हो भने शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्दै उनले भक्तपुर नगरपालिकाले प्रसूतिगृहदेखि शिशु स्याहार केन्द्र, कलेजहरुसमेत सञ्चालन गरिरहेको जानकारी दिए । शिक्षामा गरिएको लगानी आजको भोलि नै प्रतिफलको नआउने चर्चा गर्दै उनले विगतमा वागीश्वरी कलेजले १५ वर्षभित्र २ पटक नेपाल टप नतिजा ल्याएर देखायो भने अब नेपाल टप नतिजा ल्याउने पालो वागीश्वरी कलेज अफ म्यानेजमेन्टको हो, यसको लागि शिक्षक, विद्यार्थी, अभिभावक र कलेज व्यवस्थापन समितिको संयुक्त प्रयास आवश्यक छ भने ।

शिक्षालाई महŒव दिएकै कारण छिमेकी मुलुक चीनले प्रगति गरिरहेको चर्चा गर्दै भने– ‘शिक्षाकै कारण चीन अगाडि बढिरहेको हो । कुनै बेला श्रीलङ्का पनि चर्चाको शिखरमा थियो तर भ्रष्टाचारको कारण श्रीलङ्का दुरावस्थाबाट गुज्रिरहेको छ । हाम्रो देश पनि अहिले भ्रष्टाचारकै कारण दुरावस्थाबाट गुज्रिरहेको छ । यसलाई सुधार्न हामी नै लाग्नुपर्छ ।’

बल्लतल्ल पास गर्ने सोच नराखी सर्वोत्कृष्ट नतिजा ल्याउने आ“ट गरौ“, परनिर्भरको सोच त्यागौं, दुःख भए पनि आत्मनिर्भर हुने, देशलाई सक्षम बनाउने प्रयास गरौं भन्दै उहा“ले यो देशका उच्च पदाधिकारी पढेलेखेका व्यक्तिहरुले देशको माना खाएर विदेशीको गाना गाइरहेकोमा आपत्ति जनाए । उनले भने– ‘एकातिर देशको उच्च ओहोडामा बसेका छन् भने अर्कोतिर विभिन्न एनजीओ, आइएनजीओबाट मोटो रकम खाएर देशलाई दुत्कार्दै विदेशको प्रशंसा गरिरहेका छन्† जुन आपत्तिजनक छ । हामीले नया“ पुस्तालाई निराशा हैन आशा जगाउनुपर्छ । आर्थिक दरिद्रताभन्दा बौद्धिक दरिद्रता धेरै खतराजनक छ । परिश्रम गरौं, देश बदलौं, सङ्घर्ष गरौं, भविष्य नया“ पुस्ताकै हो ।’

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेज र वागीश्वरी कलेजफ म्यानेजमेन्ट छुट्टाछुट्टै शैक्षिक संस्था भए पनि एकापसमा हातेमालो गरेर अगाडि बढिरहेको चर्चा गर्दै विद्यार्थीलाई पाठ्यपुस्तकमात्र सीमित नराखी अतिरिक्त सिप पनि दिंदै आएको प्रस्ट्याए ।

FB IMG 1696844114517

वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले स्वागत गर्दै कलेजमा शिक्षकले अभिभावकको पनि भूमिका खेल्ने र घरमा अभिभावकले शिक्षकको पनि भूमिका खेले विद्यार्थीहरु गलत बाटोमा नबरालिने विचार राखे । कार्यक्रम बीबीए दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी मनोज कुटुवाले आफ्नो अनुभव सुनाएका थिए ।