ताजा अपडेट

ट्रेन्डिङ

भीम आदर्शमा छात्रवृत्ति तथा शुभकामना आदानप्रदान

Gyan Khabar

ज्ञानखबर संवाददाता

२६ असोज २०८०, शुक्रबार
177 पटक हेरिएको
भीम आदर्शमा छात्रवृत्ति तथा शुभकामना आदानप्रदान

भीम आदर्श आधारभूत विद्यालय लिवाली ८ मा शुक्रबार एक कार्यक्रमका बीच छात्रवृत्ति तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सोही कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद कोजूले दशैंको समयमा खानपान र सरसफाईमा चनाखो भएर आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताउँदै विद्यार्थीहरुको सिकाई र व्यवहारप्रति अभिभावकले विद्यालयमा समयसमयमा शिक्षकहरुसँग सल्लाह र परामर्श गर्नुपर्ने बताए ।

उनले अभिभावकको सहजताको लागि मोबाइल फोन बालबालिकालाई दिँदा तिनीहरुको भविष्यमाथि खेलबाड गरिरहेको बताउँदै विद्यार्थीहरुको शारीरिक खेलकुद क्षमता र सीपको विकासका लागि भक्तपुर नगरपालिकाले संचालन गरिरहेको व्याडमिन्टन, टेबलटेनिस तथा उसु लगायत विभिन्न खेलहरुको तालिम संचालन बारे जानकारी दिए ।

कार्यक्रमको सभापति तथा विद्यालयका प्रअ दीपक माकले विद्यालयको भौतिक अवस्था र शैक्षिक वातावरण सुधार भइरहेको जानकारी दिँदै विद्यार्थीहरुको शैक्षिक उपलब्धीहरुलाई आफै सिक्न अभिप्रेरित गर्ने अभियानमा शिक्षक, विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले अन्य विद्यालयमा उच्चतम अंक वा ग्रेडका साथ उच्चशिक्षामा राम्रो गरिरहेको बताए ।

विद्यालयका शिक्षकद्वय रजनी कर्माचार्य तथा सत्यराम कासिछ्वा लगायत विद्यालयका विद्यार्थी खशी लामाले दशैंको अवसरमा शुभकामना दिनुभयो । उक्त कार्यक्रममा नेपाल सरकार द्वारा प्रदान गरिएको छात्रा छात्रवृत्तिमा विद्यालयमा अध्ययनरत १७ जना छात्राहरु र ४ जनालाई दलित छात्रवृत्ति भक्तपुर नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले वितरण गरे ।

कार्यक्रममा २०७४ सालको वार्षिक परीक्षा कक्षा ७ उत्तीर्ण गरी बागिश्वरी माविमा निरन्तर अध्ययन गरेर कक्षा १२ मा उच्च ग्रेडमा उतीर्ण पूर्व विद्यार्थी सनिल सिजख्वलाई विद्यालयका प्रअ दीपक माकले पुरस्कार सहित सम्मान गरिएको थियो । दशैं शुभकामना प्रदानप्रदान गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।