ताजा अपडेट

ट्रेन्डिङ

शुभकामना आदान प्रदान तथा भाग्योदय चिठ्ठा कार्यक्रम-२०८० सम्पन्न

Gyan Khabar

ज्ञानखबर

२७ असोज २०८०, शनिवार
116 पटक हेरिएको
शुभकामना आदान प्रदान तथा भाग्योदय चिठ्ठा कार्यक्रम-२०८० सम्पन्न

नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमा श्री कोदारी माध्यमिक विद्यालयको “मितेरी बाल क्लब”को संयोजकत्वमा शुभकामना आदान प्रदान तथा भाग्योदय चिठ्ठा कार्यक्रम-२०८० सम्पन्न भएको छ ।

मितेरी बाल क्लबका अध्यक्ष श्री रूपेश घतानीज्युको सभापतित्व तथा विद्यालयका प्रधानाध्यापक श्री कमला लामाको प्रमुख आतिथ्यमा र विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, विद्यार्थीहरूको उल्लासपूर्ण उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष श्री फुर्पा शेर्पा(फुनु) र उनका बुबा मंगल शेर्पाले भूतपूर्व विद्यार्थी समाजबाट प्राप्त रू ६१,००० मा रू ३९,००० रकम थप गरी विद्यालयको अक्षय कोषमा रू १,००,००० र एसईई कोचिङ कक्षा अध्ययनरत विद्यार्थीहरूको बिहानको खानाको व्यवस्थापनका लागि रू १४,०००० को सहयोग रकम विद्यालयका प्रधानाध्यापक श्री कमला लामालाई हस्तान्तरण गरेका थिए ।

यससँगै विद्यार्थीहरूले विभिन्न नृत्य, कविता, गीत, नाटक प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा दशैँ विशेष पर्वलाई ध्यानमा राखी विद्यालयका प्रधानाध्यापक श्री कमला लामा लगायतका अतिथिहरूबाट रातो टिका, जमरा, दक्षिणा प्रदान गर्रिएको थियो ।

कार्यक्रमको विशेष रौनक प्रथम पुरस्कार खसी रहेको थियो । चिठ्ठा नंबर १६४ अर्पन तामाङले पुरस्कार पाएका थिए ।