मण्डली माध्यमिक विद्यालय तानपा-१० तेल्घा, पाल्पाले एक अभिभावक भेलाको आयोजना गरि आज दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, नतिजाको समीक्षा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
अभिभावक संघका सदस्य केसब बिस्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार समितिका सदस्य गणेश बिस्ट प्रमुख अतिथि, विव्यस अध्यक्ष चिन्त कार्की विशिष्ट अतिथिका रूपमा आमन्त्रित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम बहादुर वि कले विद्यालय सुधार्न विद्यार्थीको लगनशीलता, अभिभावकको चासो र शिक्षकको कर्तव्यपरायणताले प्रमुख भुमिका खेल्ने भएकोले तिनै पक्षको तालमेल मिल्नुपर्नेमा जोड दिए ।
विशिस्ट अतिथि चिन्त बहादुर कार्कीले विद्यालयको गरिमा उकास्न अभिभावकको चासो रहनुपर्ने उल्लेख गर्दै सबै मिलेर अगि बढ्नुपर्नेमा जोड दिए। प्रमुख अतिथि गणेश बिस्ट्ले विद्यालय गाउँको गहना भएकोले यसलाई जोगाउनु स्थानीयको प्रमुख कर्तव्य भएको बताउँदै विद्यालयको निर्माणमा स्थानीय सबैको रगतपसिना बगेको बताए ।
शिक्षिका कमला थापाले संचालन गरेको उक्त कार्यक्रममा दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।