ताजा अपडेट

ट्रेन्डिङ

बागिश्वरी कलेजको नयाँ भवन उद्घाटन

Gyan Khabar

ज्ञानखबर

शुक्र, कार्तिक २४, २०८०
633 पटक हेरिएको
बागिश्वरी कलेजको नयाँ भवन उद्घाटन

समुदायमा आधारित रहेर सस्तो तथा गुणस्तरीय शिक्षा दिएको भनेर नाम कमाउन सफल बागीश्वरी कलेज ५ करोडभन्दा वढीको आफ्नै भवन बनाउन सफल भएको छ । सरकारको शिक्षा नीतिका कारण विदेशिने क्रम वढेका बेला पनि विद्यार्थीहरुको चाप रहेको कलेजले शुक्रवार एक समारोहका बीच कलेज भवनको उद्घाटन गरेको हो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिलगायत कलेज तथा विद्यालयका प्रधानाध्यापक, कक्षा ११ र ११ का इन्चार्ज, कलेजका प्राचार्यलगायतले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै नेता बिजुक्छेले पाठ्यक्रम–पाठ्यपुस्तकमा जति राम्रो बनाउने हो त्योभन्दा बढी राम्रो देश विदेशको परिस्थितिबारे जानकार बनाई विद्यार्थीलाई सचेत पारिराख्नुर्नेमा जोड दिए । देश र जनताको सेवा गर्ने भावनासहित देशभक्तिको चेत नभएमा हाम्रा विद्यार्थी नै भोलि हाम्रा विरोधी भएर निस्किन सक्छन्† त्यति बेला शिक्षकलाई पछुतो हुन सक्छ भन्दै उहा“ले बढ्दो वैदेशिक हस्तक्षेपविरुद्ध प्रतिरोधको क्षमता हुनुपर्ने बताए । उनले भने– “त्यसैले हामीले अठार वर्ष पूरा गरेका हरेक युवालाई सैनिक तालिम अनिवार्य गर्नुपर्छ भनेर सरकारलाई धेरै वर्षदेखि सुझाव दिइराखेका हौं तर, सरकारले सुनिरहेको छैन ।”

यसैगरी सांसद सुरेन्द्रराज गोसाईले एमसीसीका कारण देश अप्ठ्यारोमा पर्दै जाने निश्चित छ भन्ने कुरा हरेक क्षेत्रमा बढ्दो अमेरिकी हस्तक्षेपले पुष्टि गर्छ भन्दै सामुदायिक क्याम्पस र विद्यालयलाई सुधार गरी व्यवस्थित गर्नुपर्ने उल्लेख गर्दै बागिश्वरीको नयाँ भवनले शैक्षिक गतिविधिमा थप सहज हुने बताए।

bagi new b2

२०७६ साल मङ्सिर २१ गते शिलान्यास भई पाँच करोड १४ लाख ९७ हजार पाँच सय ३५ रुपैयाँमा निर्माण सम्पन्न भएको कलेज भवन निर्माण उपभोक्ता एवं अनुगमन समितिका संयोजक ज्ञानसागर प्रजापतिले जानकारी दिए । भवन निर्माणका लागि आन्तरिक कोषबाट दुई करोड ३६ लाख १० हजार चार सय ५५, बागमती प्रदेशबाट एक करोड ६० लाख ३९ हजार दुई सय ४२, भक्तपुर नगरपालिकाबाट २५ लाख र विश्वविद्यालय अनुदान आयोगबाट ९३ लाख ४७ हजार सात सय ५६ रुपैयाँ खर्च भएको छ।

बागमती प्रदेशअन्तर्गतको बजेटमध्ये ४९–४९ लाख दुई चरणको बजेट सांसद सुरेन्द्रराज गोसाईको पहलमा विनियोजन भएको थियो। कलेजको नयाँ भवनमा बिए, बिबिएस, एमए र एमबिबिएस तहका कक्षा सञ्चालन गरिने जनाएको छ ।

बागिश्वरीमा अब चिनियाँ भाषा पढाउनेबारे तयारी पनि गरेको विद्यालयका ११ र १२ का इन्चार्ज ज्ञानसागर प्रजापतिले जानकारी दिए। उनका अनुसार हाल स्नातक तहमा एक हजार एक सय ८६ र विद्यालय तहमा चार हजार एक सय १६ विद्यार्थी छन्।

भवन उद्घाटन पछि विद्यार्थीहरुले तिहार, छठ र नयाँ वर्षको ११४४ को शुभकामना आदान प्रदानका साथ सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।

bagi new b3