ताजा अपडेट

ट्रेन्डिङ

कर्मचारीद्वारा त्रिभुवन जनता माविमा अनिश्चितकालीन तालाबन्दी

Gyan Khabar

ज्ञानखबर

१४ माघ २०८०, आईतबार
280 पटक हेरिएको
कर्मचारीद्वारा त्रिभुवन जनता माविमा अनिश्चितकालीन तालाबन्दी

रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

विद्यालयमा कार्यरत ६ जना कर्मचारीहरु पदमुक्त गरिएको भन्दै पीडित कर्मचारीले अल्टिमेटमसहित विद्यालयमा तालाबन्दी गरेको हो । जिल्लाको सबैभन्दा जेठो विद्यालयका रुपमा चिनिने यस विद्यालयमा गत वर्षदेखि विद्यालय प्रशासन, व्यवस्थापन समिति र कर्मचारीहरु बिच भएको विवादका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको गुनासो बढेको छ ।

पदमुक्त गरिएका कर्मचारीहरुले आइतबार बिहानैदेखि विद्यालयको मूलगेटमा तालाबन्दी गरेर अल्टिमेटमसहित आन्दोलनमा उत्रेको जनाएका छन् । गत कात्तिक १४ गते विद्यालय प्रशासनले व्यवस्थापन समितिको निर्णय भन्दै कार्यरत ६ जना शिक्षक तथा कर्मचारीहलाई पदमुक्त गरेको थियो । विद्यालयका अधिकृत जयराम थापा, लेखापाल ठकबहादुर बुढाथोकी, पुस्तकालय सहायक रमा शाह, कार्यालय सहायक गौरी रावत र कार्यालय सहयोगीद्वय डमरबहादुर महत र दुर्गबहादुर खड्कालाई विभिन्न आरोपमा पदमुक्त गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिको पुस ६ गते बसेको बैठकले पुनः ६ जना कर्मचारीहरुलाई पदमुक्त गर्न निर्णय गरेकाले आफूहरु थप पीडित भएको आन्दोलनरत शिक्षकहरुको भनाइ छ ।

विद्यालय प्रशासन र व्यवस्थापन समितिको उक्त कदम नसच्चिएमा विरोधमा थप कार्यक्रम गर्दै जाने भन्दै पीडित कर्मचारीहरुको तर्फबाट अल्टिमेटम समेत जारी गरिएको छ ।