ताजा अपडेट

ट्रेन्डिङ

भरतपुर महानगरद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

Gyan Khabar

ज्ञानखबर

१६ माघ २०८०, मङ्गलबार
171 पटक हेरिएको
भरतपुर महानगरद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत भरतपुर १८ को श्री माध्यमिक विद्यालय शशिनगरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेनु दाहालले विद्यालयको सुधारका लागि प्राप्त मात्रमा भौतिक पूर्वाधारहरू निर्माण गर्दै आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरू अगाडि बढाउने गरी कार्यक्रमहरू ल्याइने योजनाहरू रहेको बताए ।

महानगर भित्रका विद्यालयलाई विद्यालय भवन, रङ्ग रोगन, फल सिलिङ, जस्तापातालगायतका कामसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरू, विभिन्न प्रविधि मैत्री शिक्षालाई ध्यानमा राख्दै पठनपाठनको गुणस्तरलाई महानगरले जोड दिएको उनले बताए । अहिलेको परिवेस सुहाउँदो व्यवहारिक शिक्षामा जोडिनका लागि व्यवहारिक शुक्रबारको नीतिलाई महानगरले अगाडि सारेको उनको भनाइ थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकमान गुरुङको सभाध्यक्षयतामा विद्यालयमा न्यानो कपडा वितरण गरिएको हो । यस आर्थिक वर्षमा २१ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत भरतपुर महानगरले काम गरी रहेको छ।

यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसअघि चार वर्षमा ६५ विद्यालयका ७ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको महानगरले छ।