ताजा अपडेट

ट्रेन्डिङ

धनगढीका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने

Gyan Khabar

ज्ञानखबर

२४ माघ २०८०, बुधबार
145 पटक हेरिएको
धनगढीका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने

धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । वडा ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय, १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय, १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाइने भएको हो ।

यसैगरी, वडा १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालय र वडा नम्बर ९ स्थित भवानी माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने धनगढी उपमहानगरपालिकाका नगर प्रमुखको निजी सचिवालयले जनाएको छ ।

पाँच वटै विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न आज सम्झौता गरिएको छ । धनगढी उपमहानगरपालिका र टिच फर नेपालबिच सम्झौता भएको हो । नगर प्रमुख गोपाल हमाल र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।