ताजा अपडेट

ट्रेन्डिङ

पोखरामा विद्यार्थी दबाब यात्रा हुने

Gyan Khabar

ज्ञानखबर

बुध, माघ २४, २०८०
321 पटक हेरिएको
पोखरामा विद्यार्थी दबाब यात्रा हुने

राष्ट्रव्यापी शैक्षिक अभियान–२०८० अन्तर्गत गण्डकी प्रदेश राजधानी पोखरामा विद्यार्थी दबाब यात्रा हुने भएको छ । शैक्षिक अभियान संयोजन समिति गण्डकी प्रदेशले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी २६ माघमा पोखरामा विद्यार्थी दबाब यात्रा हुने जानकारी दिएको हो।

समिति संयोजक दीप्सन गुरुङले राष्ट्रिय तथा प्रदेशस्तरमा सम्पन्न कार्यशालामा प्रस्तुत विषय, चर्चामा आएका शिक्षाका मुद्दा र समस्या तथा समाधानका विषयलाई ध्यान राख्दै विद्यार्थी परिषद्ले शिक्षाको समग्र सुधारका लागि अभियान संचालन गरिरहेको बताए । माघ महिनाभर संचालित अभियानमा देशभरका इकाइमा विभिन्न रचनात्मक गतिविधि संचालन भइरहेको र त्यसले शिक्षा क्षेत्रको सुधारमा दबाब र आधार सिर्जना गर्ने प्रदेश संयोजक गुरुङले बताए।

सबै प्रदेश केन्द्र र केही प्रमुख केन्द्रमा एक साथ विद्यार्थी दबाब यात्रा सम्पन्न हुनेक्रममा गण्डकी प्रदेश राजधानीमा उक्त दबाब यात्रा हुने भएको हो।

अभियानअन्तर्गत देशभरका कलेज, विश्वविद्यालयस्तरमा अन्तर्क्रिया, चर्चा एवं बहस भइरहेका छन् । जसबाट शिक्षाको सुधारमा विभिन्न सुझाव संकलन गरिएकोमा ती सुझाव २८ माघमा सबै जिल्लाका सम्बन्धित प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा समन्वय इकाइ प्रमुखमार्फत शिक्षामन्त्री, प्रधानमन्त्री र राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाइने तयारी रहेको जनाएको छ।