नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् ।
क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गएराति अनेरास्ववियूको ‘स्वागत बोर्ड’ राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति नारायण घिमिरेले बताए ।
फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको सर्वदलीय बैठकले गरेको निर्णय विपरीत ‘स्वागत बोर्ड’ राख्न दिएकाले आफूहरु बाध्य भएर क्याम्पस प्रमुखको कुर्सी रुखमा राखेको उनले बताए ।