त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराएका हुन् ।
पदभार ग्रहण गर्दै उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्ने, समयमै परीक्षा तथा नतिजा प्रकाशन लगायतका काममा प्राथमिकता राखेर काम गर्दै जाने बताए ।
बिहीबार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रा.डा. केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।