ताजा अपडेट

ट्रेन्डिङ

विद्यालयलाई प्रविधिमैत्री बनाउन ल्यापटप वितरण

Gyan Khabar

ज्ञानखबर

२१ फाल्गुण २०८०, सोमबार
247 पटक हेरिएको
विद्यालयलाई प्रविधिमैत्री बनाउन ल्यापटप वितरण

बागलुङको जैमिनी नगरपालिका, १ नं. वडा कार्यालयले विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ ।

प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि ल्यापटप उपलब्ध गराइएको वडाध्यक्ष विष्णु आचार्यले बताए । उनका अनुसार कुश्मी प्राथमिक विद्यालय, सिद्धिगणेश प्राथमिक विद्यालय, जनचेतना प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय र जैमिनी प्राथमिक विद्यालयलाई ल्यापटप प्रदान गरिएको हो ।

वडा कार्यालयमा आयोजित एक समारोहविच नगर शिक्षा अधिकारी खेम आचार्यले विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप हस्तान्तरण गरिएको थियो ।