ताजा अपडेट

ट्रेन्डिङ

विनायक स्काउट हिउँदे क्याम्प २०८० सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन २५, २०८०
465 पटक हेरिएको
विनायक स्काउट हिउँदे क्याम्प २०८० सम्पन्न

नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिकाे सहकार्यमा विनायक स्काउट ट्रुपकाे अायाेजनामा ‘विनायक स्काउट हिउँदे क्याम्प २०८०’ सम्पन्न भएको छ ।

विनायक स्काउट ट्रुपका ईकाई अध्यक्ष श्री सुरेन्द्र बिक्रम प्रजापतिकाे सभापतित्वमा सम्पन्न उक्त क्याम्पकाे उद्घाटन समाराेहका प्रमुख अतिथि नेपाल स्काउट, राष्ट्रिय प्रशिक्षक श्री भुवनचरण श्रेष्ठले स्काउटकाे बहु-आयामिक पक्षहरूकाे बारेमा स्पष्ट विचार राखे ।

समापन समाराेहका प्रमुख अतिथि नेपाल स्काउट, सहायक राष्ट्रिय प्रशिक्षक हरि बहादुर श्रेष्ठले स्काउट सिद्धान्त र नियमहरू क्याम्पमा मात्र नभई दैनिक जीवनमा पनि लागू गरे स्काउटहरू सफल हुनसक्ने बिचार प्रस्तुत गरे ।

“गुणस्तरीय जीवनकाे लागि क्याम्पिङ्ग” भन्ने मुल नारा बाेकेर सञ्चालित साे क्याम्पमा नव-निर्वाचित नेपाल स्काउट, बागमती प्रदेश परिषद् सदस्य सानु चक्रधर तथा स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका नव-नियुक्त स्थानीय आयुक्त तुल्सीहरि प्रजापतिलाई सम्मान गरिएकाे थियाे ।

स्काउटका बिबिध कृयाकलापहरूमा संलग्न गराई स्काउटहरूलाई व्यवहारिक सीपहरू सिकाईएकाे साे क्याम्पमा उत्कृष्ट स्काउटहरूलाई पुरस्कृत गरिएकाे थियाे भने क्याम्पकाे सफलतामा याेगदान पुर्याएका स्काउट माष्टरहरू तथा Unified Crew लाई प्रशंसा-पत्र बितरण गरिएकाे थियाे ।