नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिकाे सहकार्यमा विनायक स्काउट ट्रुपकाे अायाेजनामा ‘विनायक स्काउट हिउँदे क्याम्प २०८०’ सम्पन्न भएको छ ।
विनायक स्काउट ट्रुपका ईकाई अध्यक्ष श्री सुरेन्द्र बिक्रम प्रजापतिकाे सभापतित्वमा सम्पन्न उक्त क्याम्पकाे उद्घाटन समाराेहका प्रमुख अतिथि नेपाल स्काउट, राष्ट्रिय प्रशिक्षक श्री भुवनचरण श्रेष्ठले स्काउटकाे बहु-आयामिक पक्षहरूकाे बारेमा स्पष्ट विचार राखे ।
समापन समाराेहका प्रमुख अतिथि नेपाल स्काउट, सहायक राष्ट्रिय प्रशिक्षक हरि बहादुर श्रेष्ठले स्काउट सिद्धान्त र नियमहरू क्याम्पमा मात्र नभई दैनिक जीवनमा पनि लागू गरे स्काउटहरू सफल हुनसक्ने बिचार प्रस्तुत गरे ।
“गुणस्तरीय जीवनकाे लागि क्याम्पिङ्ग” भन्ने मुल नारा बाेकेर सञ्चालित साे क्याम्पमा नव-निर्वाचित नेपाल स्काउट, बागमती प्रदेश परिषद् सदस्य सानु चक्रधर तथा स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका नव-नियुक्त स्थानीय आयुक्त तुल्सीहरि प्रजापतिलाई सम्मान गरिएकाे थियाे ।
स्काउटका बिबिध कृयाकलापहरूमा संलग्न गराई स्काउटहरूलाई व्यवहारिक सीपहरू सिकाईएकाे साे क्याम्पमा उत्कृष्ट स्काउटहरूलाई पुरस्कृत गरिएकाे थियाे भने क्याम्पकाे सफलतामा याेगदान पुर्याएका स्काउट माष्टरहरू तथा Unified Crew लाई प्रशंसा-पत्र बितरण गरिएकाे थियाे ।