ताजा अपडेट

ट्रेन्डिङ

काठमाडौं वल्ड स्कुलमा असारे मेला: रमाए कक्षा ११ मा पढ्ने विद्यार्थी

Gyan Khabar

ज्ञानखबर संवाददाता

१६ असार २०८१, शनिवार
155 पटक हेरिएको
काठमाडौं वल्ड स्कुलमा असारे मेला: रमाए कक्षा ११ मा पढ्ने विद्यार्थी

भक्तपुर । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले शनिबार स्कुलमा असारे मेला ओपन हाउस २०२४ गरेको छ । कार्यक्रममा कक्षा ११ मा भर्ना हुने विद्यार्थी रमाए । 

स्कुल रहेको जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा विद्यार्थी विहान ११ बजेदेखि दिनभर रमाएका थिए । साँंझ भएको सांगितिक कार्यक्रममा अत्याधिक विद्यार्थीको उपस्थिति थियो । त्यसमा विद्यार्थी झुमेका थिए ।  

स्कुलकोबारेमा अभिभाबक तथा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको र विशेष गरेर एसइई उतीर्ण विद्यार्थी र उनका अभिभावकहरुलाई स्कुलको शिक्षाबारे जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको जनाएको छ। 

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था थियो । कार्यक्रममा क्रममा विभिन्न स्टलहरु रहेका थिए । त्यहाँं स्कुलले दिने सवै प्रकारका सेवाबारे अवलोकनकर्ताहरुलाई जानकारी दिइएको थियो । आफूहरुले जीवनमा आइपर्ने अनेक समस्या समाधान गर्नसक्ने गरी जीवन बुझाउने शिक्षा दिइरहेको स्कुलको भनाई थियो । 

त्यहाँं खेल तथा मनोरञ्जनात्मक कार्यक्रम पनि थियो । विद्यार्थीहरु विभिन्न खेलहरुमा रमाएका थिए । स्कुलको कक्षाकोठादेखि अन्य सेवासुविधा तथा भौतिक संरचना देखाउन तथा मनारञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरु सहभागी भएको बताइयो । कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीलाई स्कुलले निःशुल्क बसको व्यवस्था गरेको थियो । काठमाडौंको विभिन्न ठाउँंहरुबाट विद्यार्थीलाई ल्याउने लैजाने व्यवस्था स्कुलले मिलाएको थियो ।  

कार्यक्रममा सहभागी हुन आएकी एकजना विद्यार्थीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँंका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको बताइन् । ठूलो क्षेत्रफलमा फैलिएको स्कुल शान्त वातावरणमा छ । 

स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा रहेको छ । यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट करिव दुई किलोमिटर दक्षिण गुण्डु चोक जाने बाटैमा रहेको छ । यहाँं पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ । ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँंमा स्कुलका दर्जनौ भव्य भबनहरु रहेका छन् ।