ताजा अपडेट

ट्रेन्डिङ

मदरल्याण्डमा “सिकाउनलाई पढौँ !” कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, असार ३०, २०८१
585 पटक हेरिएको
मदरल्याण्डमा “सिकाउनलाई पढौँ !” कार्यक्रम सम्पन्न

सूर्यविनायक नगरपालिका-९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले आफ्ना शिक्षकहरुलाई “सिकाउनलाई पढौँ !” अभियानलाई सार्थक बनाउन र पठन संस्कृति विकासको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मदरल्याण्ड स्कुलमा कार्यरत ४२ जना शिक्षकहरुलाई प्रशिक्षकद्वय हरिहर तिमिल्सिना र सुदर्शन घिमिरेले दुई चरणमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक हरिहर तिमिल्सिनाले एक शिक्षकले कम्तीमा महिनाको एउटा किताब पढ्नै पर्ने सन्दर्भ जोड्दै किताबले नै शिक्षकको सक्षमता बढाउँछ जसले गर्दा विद्यार्थीहरुमा पनि पढ्ने हौसला प्रदान हुने बताए ।

NBlh6uQh

अर्का प्रशिक्षक सुदर्शन घिमिरेले किताब यस्तो औषधि हो जसको निरन्तर अध्ययनले मानिसलाई नयाँ जीवन प्रदान गर्छ र व्यवहारिक जीवनमा आइपर्ने तनावलाई समेत हटाउन मद्दत गर्छ, साथै प्रत्येक शिक्षकले हरेक दिन समय तालिका बनाई किताब पढ्ने बानी बसाल्नु पर्ने कुरामा जोड दिए ।

“सिकाउनलाई पढ्नु पर्छ, शिक्षकहरुको शैक्षिक योग्यता महत्वपूर्ण पक्ष हो तर शिक्षकले समयसँगै आफ्नो योग्यता र क्षमतालाई परिस्कृत गर्न सके मात्र अहिलेका बालबालिकाहरुलाई सिकाउन सकिन्छ।” त्यसकारण शिक्षकले सिकाई क्रियाकलापका लागि पहिला आफू अध्ययनशील हुनु पर्दछ जसका लागि अतिरिक्त किताबहरु पढ्ने गर्नु पर्दछ भन्ने उदेश्यले मदरल्याण्ड स्कुलमा “सिकाउनलाई पढौँ! “ अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी स्कुलका प्रिन्सिपल संजय खड्काले बताए ।

rwWTVMsy

सिकाउनलाई पढौं अभियान सञ्चालन गर्दा शिक्षकले आफ्नो पेसामा आधारित ज्ञानलाई बढोत्तरी गर्नुका साथै चौतर्फी सक्षमता संकलन गर्न सक्छ। त्यसैगरी शिक्षकले विविध क्षेत्रका ज्ञान एवं क्षमता अभिवृद्धि गरी विद्यार्थीलाई बाँढ्न सक्छ। महिनाको एउटामात्रै किताब पढ्ने हो भने पनि एक वर्षमा १२ वटा किताब पढ्दा शिक्षकको कार्यशैलीमा निकै परिवर्तन हुन्छ । शिक्षकको प्राप्त गरेको ज्ञानको प्रतिबिम्ब र प्रभाव हरेक विद्यार्थी र कक्षामा पर्छ । जसबाट विद्यार्थीले प्रत्यक्ष रूपमा फाइदा लिन सक्छन् । तसर्थ आज मदरल्याण्ड स्कुलका सबै शिक्षकहरुले किताब पढ्ने सामुहिक प्रतिवद्धता जनाएका छन् ।

J0jBTDbr