ताजा अपडेट

ट्रेन्डिङ

आदर्श आजाद कलेजमा जनसंख्यासम्बन्धी गोष्ठी सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, साउन १३, २०८१
346 पटक हेरिएको
आदर्श आजाद कलेजमा जनसंख्यासम्बन्धी गोष्ठी सम्पन्न

आदर्श आजाद कलेज भीमसेनस्थान, भक्तपुरमा स्नातक तह बी.एड. चौथो वर्षका विद्यार्थीहरुको आयोजनामा जनसंख्या शिक्षामा परियोजना कार्य विषयक एक गोष्ठी आज सम्पन्न भएको छ ।

कलेजका प्राचार्य तथा गोष्ठीका प्रमुख अतिथि श्रीकृष्ण किसीले गल्तिबाट सुधार्दै सिक्दै अगाडि बढ्ने धारणा राख्दै परियोजना कार्यमा आफै प्रत्यक्ष संलग्न भई कार्य गरेमा अझ बढी व्यवहारिक रुपमा सिक्न सकिने कुरा बताए । हाम्रो परियोजना कार्यले देश र समाजलाई सहयोग गर्ने खालको हुनुपर्ने कुरा उनले बताए ।

विषय शिक्षक कर्णबहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न सो गोष्ठीमा त्रि.वि.बाट बाह्य परीक्षकका रुपमा आउनुभएका मान सि. महरा, शिक्षकहरु आशाकुमार चिकंबञ्जार, प्रेमजन थापाले विद्यार्थीहरुले प्रस्तुत गरेका प्रतिवेदनहरुमाथि टिप्पणी गरे ।

कार्यक्रममा विद्यार्थीहरु आरती त्वानाबासु, सुविना केसी, रश्मी छुस्याबाग, दिलकुमारी लिम्बु, हेमा कुमारी सार्की, मिनाकुमारी लिम्बु, कविना प्रजापति, चण्डिका तामाङ, सोनियामाया तामाङ, सरिता तामाङ, लक्ष्मीकुमारी शाहले आफ्ले गरेको परियोजना कार्यको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

FB IMG 1722234257941