ताजा अपडेट

ट्रेन्डिङ

कक्षा १२ को नतिजा सार्वजनिक

Gyan Khabar

ज्ञानखबर

शुक्र, साउन १८, २०८१
765 पटक हेरिएको
कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।

नियमित र ग्रेडवृद्धि गरि कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् ।

कक्षा १२ को नतिजामा कति विद्यार्थीले कुन कुन ग्रेड ल्याए ?
३.६१ – ४.० जिपिए : ९,५९१ जना
३.२१ – ३.६० जिपिए : ४६,८९३ जना
२.८१ – ३.२० जिपिए : ७८,०७५ जना
२.४१ – २.८० जिपिए : ६१,०३६ जना
२.०१ – २.४० जिपिए : ८,२४० जना
१.६१ – २.० जिपिए : १२ जना
नन ग्रेडेड : १,८७,०२१ जना