ताजा अपडेट

ट्रेन्डिङ

आदर्श मावि लाय्कुले ग-यो १२ पासलाई सम्मान

Gyan Khabar

ज्ञानखबर

२७ साउन २०८१, आईतबार
379 पटक हेरिएको
आदर्श मावि लाय्कुले ग-यो १२ पासलाई सम्मान

मध्यपुर थिमि नपा ४ लाय्कुस्थित आदर्श माध्यमिक विद्यालयले कक्षा १२ (एसएलसी) परीक्षा २०८० मा सफल विद्यार्थीहरुलाई बधाई दिदैं सम्मान गरेको छ । 

आदर्श मावि लाय्कुका प्राचार्य बुद्धिकुमार घो को सभापतित्वमा शनिबार भएको बधाई तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले शिक्षाको गुणात्मक विकासमा आदर्श मावि लाय्कुले पु-याएको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गुरे । नगरप्रमुख श्रेष्ठले कक्षा १२ को नतिजामा जिपिए A ल्याउने खुसन खनाल लगायत विद्यार्थीलाई सम्मान गर्दै समाज निर्माणको आधार शिक्षाको गुणात्मक विकासमा मध्यपुर थिमि नगरपालिका योजना सहित अघि बढेको बताए । 

कार्यक्रमका विशेष अतिथि मथिनपाका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले सामुदायिक विद्यालयको स्तर उकास्न नगरपालिकाले गरेका कार्यहरुको बुँदागत जानकारी दिदैं दैनिक जीवनमा व्यवस्थापन विषयको अध्ययन जरुरी रहेको बताए ।

आदर्श मावि लाय्कु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उपमेयर श्रेष्ठले पढाईसँगै विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास जरुरी रहेको भन्दै विद्यार्थीहरुलाई शुभकामना दिए ।

विद्यालयका प्राचार्य बुद्धिकुमार घो श्रेष्ठले विद्यालयको शैक्षिक, अतिरिक्त क्रियाकलापदेखि खेलकुदका गतिविधिबारे प्रष्ट पार्दै प्रमाणपत्रमा मात्रै उत्कृष्टता नभई व्यवहारमा पनि विद्यार्थीहरुमा समानता, शालीनता र शिष्टता प्रदर्शित हुनुपर्नेमा जोड दिए । प्राचार्य घो श्रेष्ठले कर्तव्यनिष्ट एवं लगनशील शिक्षक समूह, मेहेनती अनुशासित विद्यार्थी र सहयोगी अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्र शैक्षिक सफलता प्राप्त हुने तर्क गर् ।

प्राचार्य घो श्रेष्ठले आदर्श मावि लाय्कुले शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा हाल सम्म पु-याएको योगदानको बुँदागत संक्षिप्त जानकारी दिदैं शिक्षक र विद्यार्थी दुवै कर्तव्यनिष्ट, मेहेनती र इमान्दार हुनुपर्नेमा पनि जोड दिए ।

उक्त बढाई एवं सम्मान कार्यक्रममा स्कुलमा सहायक प्राचार्य हरिबहादुर श्रेष्ठले आदर्श मावि लाय्कुले गुणस्तरीय शिक्षा मार्फत प्रतिस्पर्धी नागरिक तयार गरिरहेको भन्दै सबैलाई स्वागत गरे । कार्यक्रममा शिक्षिका डा.सीता सुवेदी पन्थीले लब्धांकपत्र र चारीत्रिक प्रमाणपत्रसँग संस्कारयुक्त व्यावहारिक ज्ञानको महत्व सहित धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मथिनपा शिक्षाशाखा प्रतिनिधि कुमारी शान्ति धामी, वरिष्ठ नेपाली शिक्षक एवं साहित्यकार जीवनाथ अधिकारी लगायतका अतिथि वक्ताहरुले संस्कारयुक्त व्यवहारिक ज्ञानको महत्व सहित शुभकामना मन्तव्य व्यक्त गरे ।

उक्त कार्यक्रममा कक्षा १२ को नतिजामा उत्कृष्ट अंक ल्याएका छात्र खुशन खनाल कक्षा १२ अध्ययनरत छात्रा गंगा बुढाथोकी लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा कक्षा १२ मा अध्ययनरत छात्रछात्राहरुले उत्कृष्ट नृत्य, गायन प्रस्तुत गरेका थिए । उक्त सांगितिक अनि सांस्कृतिक कार्यक्रममा रम्दै विद्यार्थीहरुले गीत, कविता, गजल अनि मुक्तक पनि सुनाएका थिए ।

कार्यक्रममा कक्षा १२ (एसएलसी) उत्तीर्ण विद्यार्थीहरुलाई राष्ट्रियता, मातापिता, गुरु अनि जन्मभूमि प्रतिको कर्तव्य कहिल्यै नभुल्न आग्रह गर्दै मार्गनिर्देशन गरिएको थियो ।