भूवनेश्वरी मावि, नंखेलको आयोजना श्रावण ३२ गते शुक्रबार अंग्रेजी भाषण प्रतियोगिता(English Speech Competetion) सम्पन्न भएको छ ।
सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिको वार्षिक कार्यतालिका अनुसार भुवनेश्वरी माध्यमिक विद्यालयको आयोजनामा विद्यालय प्रांगणमा आयोजित सो प्रतियोगितामा १७ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
‘Foreign employment and impacts in Nepalese Society’ शिर्षकमा भएको छात्रतर्फको स्पिच कम्पिटिशनमा जोरपाटी माविका दिपक मण्डल प्रथम, बागेश्वरी मावि सविन सुवाल दृतीय, देवी माविका सुदिन नेपाल तेस्रो भएका थिए भने ‘Brain drain and its impacts in Nepalese’ contest शिर्षकमा बागेश्वरी माविकी छात्रा एन्जल शाही प्रथम, बासु माविका प्रतिक्षा शाही दोस्रो र पञ्चकन्या माविका रञ्जना दुलाल तेस्रो भएका थिए ।
विजयी विद्यार्थीहरुलाई शुक्रबार आयोजित एक समारोह बीच पुरस्कार वितरण गर्दै सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले विद्यार्थीहरुलाई अनुशासनमा रहेर आफ्नो आचरण विकास गराउनुपर्नेमा जोड दिँदै उनले संयुक्त परीक्षा समितिका वर्तमान र भावी कार्यक्रमहरुको जानकारी गाराए ।
विद्यालयका प्रधानाध्यापक सुभद्रा लघुको सभापतित्वमा आयोजित सो कार्यक्रममा तारा मा.वि.का प्रधानाध्यापक प्रेमलक्ष्मी त्वयनाले विद्यार्थीहरुमा शारीरिक, मानसिक र बौद्धिक विकासकालागि अतिरिक्त क्रियाकलापको अहंम भूमिका हुने बताएका थिए ।
बागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले संयुक्त परीक्षा समिति मार्फत यस्तोे कार्यक्रमहरुको आयोजनाले विद्यालय र विद्यार्थीहरु बीच अन्तरसम्बन्ध कायम रहने सहकार्य र सदभावको विकास हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको सभापति लघुले विजयता विद्यार्थीहरुलाई बढाई दिँदै सहभागि विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।