ताजा अपडेट

ट्रेन्डिङ

संस्कृत विश्वविद्यालयका उपकुलपति डा. लामिछानेको राजीनामा स्वीकृत

Gyan Khabar

ज्ञानखबर

सोम, भदौ ३, २०८१
565 पटक हेरिएको
संस्कृत विश्वविद्यालयका उपकुलपति डा. लामिछानेको राजीनामा स्वीकृत

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेको राजीनामा स्वीकृत भएको छ ।

विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न भन्दै उपकुलपति लामिछानेले साउन २७ गते विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका थिए ।

उपकुलपति लामिछानेले दिएको राजीनामा भदौ १ गते प्रधानमन्त्री ओलीले स्वीकृत गरेको हो ।