नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको बताएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएको हो ।
संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताउँदै उनले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै पाउने हो भन्ने हिसाबले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे ।
नेता कोइरालाले शिक्षा र स्वास्थ्यको महँगी हटाउनुपर्ने भन्दै आफ्ना सन्तानलाई पढाउन सक्ने अवस्था नै नरहेको बताए ।