ताजा अपडेट

ट्रेन्डिङ

नेसनल प्याव्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

१ असोज २०८१, मङ्गलबार
823 पटक हेरिएको
नेसनल प्याव्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न

नेसनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रतियोगितामा कमलविनायक स्थित पारागन एकेडेमी स्कुल विजेता हुन सफल भएको छ ।

त्यसैगरी सूर्य विनायक नगरपालिका ५ स्थित यूनिटी स्कुल द्धितीय, चाँगुनारायण नगरपालिका ९ स्थित सरस्वती शिक्षा सदन स्कुल तृतीय स्थान पाउन सफल भएका थिए । सूर्य विनायक नगरपालिका ३ स्थित इडेन गार्डेन स्कुल र सूर्य विनायक नगरपालिका १० स्थित विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान प्राप्त गरेका थिए । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा सम्मन्न उक्त लोक नृत्य प्रतियोगितामा तयारी १५ विद्यालयले आपसमा प्रतिस्पर्धा गरेका थिए ।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाले विजेता नृत्य समूहलाई मेडल र ट्रफी प्रदान गर्नु भएको थियो ! कार्यक्रममा माननीय स्वास्थ्य मन्त्री थापाले यस्तो प्रकारको प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुने उल्लेख गर्दै नेसनल प्याव्सन भक्तपुरले नृत्य सँगसँगै अन्य विविध खेलकूद र बौद्धिक रुपमा विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराउँदै आएकोमा प्रशंसा गरे । साथै आफू स्वास्थ्य मन्त्री भए पश्चात पूर्ण रुपले स्वास्थ्य अवस्था सुदृढ गर्न लागि परेको बताए ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रमुख अतिथि माननीय स्वास्थ्य मन्त्रीलाई दोसल्ला ओडाई बधाइ एवं सफल र सफल कार्यकालको लागि शुभेच्छा दिएका थिए । अध्यक्ष खड्काले शैक्षिक सत्र २०८१ देखि विविध कार्यक्रम आफ्ना सदस्य विद्यालयलाई आयोजना गर्ने जिम्मा दिइएकोमा लोकनृत्य प्रतियोगिता स्टुडेन्ट एकेडेमी स्कुलले सम्पन्न गरेकोमा स्कुल एवं प्रिन्सिपल सुमन शिल्पकारलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष खड्काले निष्पक्ष निर्णायकको भूमिकामा रहने महेश गोदार, कल्पना राजचल र प्रेम श्रेष्ठ एवं कार्यक्रममा उपस्थित अतिथि र विद्यालय प्रतिनिधिलाई आभार प्रकट गरे ।

कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापा, कोषाध्यक्ष विक्रम थापा लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रम सेराटन बैँक्वेट सूर्यविनायक-९ जगातिमा सम्पन्न भएको थियो ।