ताजा अपडेट

ट्रेन्डिङ

साइनिङ स्कूलमा Belt Test (Belt Grading) कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, अशोज ७, २०८१
601 पटक हेरिएको
साइनिङ स्कूलमा Belt Test (Belt Grading) कार्यक्रम सम्पन्न

साइनिङ इङ्ग‌लिस सेकण्डरी स्कूलमा ५४ जना विद्यार्थी भाइ‌बहिनीहरुको Belt promotion कार्यक्रम सम्पन भएको छ ।

NEPAL KYOKUSHIN- SEISHIN KAIKAN KARAD-DO का डेन्द्रिय प्रमुख अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा साइनिङ इङ्ग‌लिस सेकण्डरी स्कूलमा ५४ जना विद्यार्थी हरुको Belt promotion कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुहुको अध्यक्षतामा असोज ६ गते सम्पन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले sports for Health, sports for Nation भन्ने नारासाथ बालबालिकाहरुका निम्ति खेल आफ्नो Self defense को लागि पनि खेल अति आवश्यकक रहेको कुरा प्रस्ट पारे ।

विद्यालयका करातें प्रशिक्षक राज कुमार तमाङ्‌गले खेलकुदले गर्दा व्यक्तिको तन मन र दिमाग स्वच्छ र सन्तुलित रहने हुनाले यसको अतुलनीय महत्व रहेको कुरा प्रष्ट पारे ।

8db057e9 d289 4a77 a503 dbcb80233dfd

विद्यालयका संञ्चालक अध्यक्ष विक्रम ढुकुछुले शारीरिक व्यायमवाट नै मानिसको शरीर सुगठित र सशक्त बन्न पुग्दछ, यो प्राकृति नियम हो। ताते ताते नगर्ने बालकहरु छिटो हिड्नु त परै छ, कोल्टे फर्किन समेत सक्तैनन, गाईवस्तु‌का बाच्छा बाच्छीहरु जन्मिदाँसाथ उफ्रेर कुदेकैले उनीहरूको खुट्टा कसिला र दह्रा बनेका हुन्छन् । त्यसैले बालबालिकाहरुलाई खेल्न कुदन दियौ भने तिनीहरुको सर्वाङ्गीण विकासमा समेत टेवा पुग्द‌छ भने कुराहरु बताए ।

उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपलल् कार्यक्रममा उपस्थित वरिष्ठ कराते प्रमुख अशेक कुमार श्रेष्ठ , साइनिङ्ग कराते प्रशिक्षक राजकुमार तामाङ्ग , शिक्षक शिक्षिका , अभिभावक लगायत सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

3b116af0 2924 410d 8124 30b7be3cabf1