ताजा अपडेट

ट्रेन्डिङ

अक्सफोर्डमा एकदिने गस्ती नेता प्रशिक्षण सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, मंसिर १६, २०८१
650 पटक हेरिएको
अक्सफोर्डमा एकदिने गस्ती नेता प्रशिक्षण सम्पन्न

भक्तपुर युथ स्काउट क्रूको आयोजनामा र अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारीको सहकार्यमा अक्सफोर्ड प्राक्टिकल स्कूलमा एकदिवसीय गस्ती नेता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

स्काउटको नेतृत्व विकास र व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा स्काउटहरूलाई गस्तीको व्यवस्थापन, समस्याको समाधान, योजना निर्माण र टोली निर्माणका विभिन्न सीपहरू सिकाइएको थियो।

IMG 20241201 WA0003

भक्तपुर युथ स्काउट क्रूका अध्यक्ष प्रकाश दुवालको सभापतित्व र नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक विजेन्द्र लाल ध्वजुको प्रमुख आतिथ्यतामा सञ्चालित सो एकदिने प्रशिक्षण कार्यक्रममा स्काउटसंग आबद्ध व्यक्तिहरूको जमघट थियो। अक्सफोर्ड प्राक्टिकल स्कूलका संस्थापक अध्यक्ष तथा स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक राम दुवाल, सोही विद्यालयका प्रिन्सिपल रवि दुवाल, स्काउटका सहायक प्रशिक्षकद्वेय रुबिना छुस्याबजी र सितामाया त्वायनाबासुका साथै एड्भान्स स्काउट मास्टरद्वेय मिलन श्रेष्ठ तथा राज्यलक्ष्मी कैतीको पनि सो कार्यक्रममा उपस्थिति थियो।

त्यस्तै चाँगुनारायण नगरपालिकाका स्थानीय आयुक्त राजकुमार जरेजु पनि सम्मिलित सो कार्यक्रमको संयोजन एड्भान्स स्काउट मास्टर बेबिस देसेमरुले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रबिना दुवालले गर्नु भएको थियो।

भक्तपुरका चारवटै नगरपालिकाका विभिन्न नौवटा स्काउट ट्रूपहरुसित आबद्ध करिब पचासी जना स्काउट नेताहरु सो कार्यक्रममा सहभागि थिए। सहभागी स्काउट ट्रूपहरुमा गुण्डु स्काउट ट्रूप, अक्सफोर्ड स्काउट ट्रूप, लिटल वर्ल्ड स्काउट ट्रूप, हिमालयन स्काउट ट्रूप, लनर्स स्काउट ट्रूप, ग्लोरी स्काउट ट्रूप, जनप्रेमी स्काउट ट्रूप, लिसा स्काउट ट्रूप र फूल ब्राइट स्काउट ट्रूप थिए।

IMG 20241201 WA0008

कार्यक्रममा विभिन्न प्रशिक्षकहरूले स्काउट नेतृत्वको महत्वबारे चर्चा गर्दै गस्ती नेताहरूले आफ्नो जिम्मेवारी कसरी प्रभावकारी ढङ्गले पूरा गर्न सक्छन् भन्ने विषयमा समूहगत गतिविधि, भूमिका निर्वाह, र व्यावहारिक अभ्यासमार्फत आफ्नो क्षमता विकास गराउने खालका क्रियाकलापहरू गराएको थियो। जस अन्तर्गत प्रशिक्षकहरुमा विजेन्द्रलाल ध्वजुले लिडरशिप ट्रेनिङ, रुबिना छुस्याबजीले पट्रोल सिस्टम, मिलन श्रेष्ठले डेमोन्स्ट्रेसन् अफ ट्रूप मिटिङ्ग र दीपक सुवालले इमोसनल म्यानेजमेन्टको बारे छुट्टाछुट्टै प्रशिक्षण दिएको थियो।

कार्यक्रमको अन्त्यमा अतिथि, प्रशिक्षक र सहभागी ट्रूपका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गर्दै आफ्नो छुट्टा छुट्टै मन्तव्यमा कार्यक्रमका प्रमुख अतिथि प्रकाश दुवाल र राम दुवालले यस्ता तालिमले युवाहरूलाई नेतृत्वदायी र जिम्मेवार नागरिक बनाउने उल्लेख गरे। प्रशिक्षार्थीहरूले पनि कार्यक्रममा सहभागी भएर नयाँ कुरा सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गरे।

IMG 20241201 WA0002