ताजा अपडेट

ट्रेन्डिङ

य:मरी पुन्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने

Gyan Khabar

ज्ञानखबर

शुक्र, मंसिर २८, २०८१
5701 पटक हेरिएको
य:मरी पुन्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने

य:मरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुर प्रोजेक्ट अन्तर्गत य:मरी पून्ही म्युजिक फेस्टिवल २०८१ हुने भएको हो ।

भक्तपुर-५ साकोथास्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालयमा योमरी पून्हीको दिन म्युजिक फेस्टिवल हुने कार्यक्रम आयोजकको तर्फबाट सदस्य नविन्द्र कर्माचार्य ले जानकारी दिए । एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउने उद्देश्यका साथ उक्त म्युजिक फेस्टिवल हुन लागेको संयोजक सुनिल लोहलाले बताए ।

भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्र मान बिजुक्छें प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रमको विशेष आकर्षणका रूपमा वरिष्ठ भ्वाइलिन बादक मिलन तण्डुकार तथा तबला वादक मिलेश तण्डुकारको शास्त्रीय बादन प्रस्तुति रहने छ । त्यस्तै संगीत ग्रामका तर्फबाट गीता स्तुति गान, य: मारी पुन्ही विशेष गीतहरूमा भक्तपुरका प्रशिद्ध गायक गायिकाहरु क्रमशः लक्ष्मण पलिखेल, सानुमैया धाैभडेल, सत्य नारायण प्रजापति लगायतबाट प्रस्तुति रहनेछ ।

कार्यक्रममा आफ्ना मौलिक गीतहरू लिएर रोशन धाैभडेल, एलिस घिमिरे, प्रिया बस्नेत, आशिष लोहला, मन गोसाई, सुनिल शाही आफ्ना सुमधुर स्वर सँगै आउँदैछन् भने अन्त्यमा सम्पूर्ण वाद्यवादक हरुका साथमा फ्युजन संगीत प्रस्तुत हुने जानकारी आयोजकले दिएको छ ।

NQglgMQ

Mf1

य:मरी पुन्हीको दिन दिउँसो १ बजे देखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने आयोजकले बताएको छ ।

ShONx5hW

Mf2