ताजा अपडेट

ट्रेन्डिङ

प्याब्सन गोदावरी नगर कमिटी अध्यक्षमा जोशी

Gyan Khabar

ज्ञानखबर

शुक्र, मंसिर २८, २०८१
658 पटक हेरिएको
प्याब्सन गोदावरी नगर कमिटी अध्यक्षमा जोशी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटी अध्यक्षमा मदन जोशी निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न अधिवेशनबाट जोशी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। उनी कैलालीको गोदावरी नगरपालिका-१ स्थित किड्स जोनका सञ्चालक/प्रिन्सिपल हुन्।

यस्तै सचिवमा प्रकाश मल्ल, कोषाध्यक्षमा लोकराज उपाध्याय र सदस्यमा दीर्घ साउद, ध्रुव खडायत चयन भएका छन्। बाँकी दुई सदस्य मनोनीत हुन् बाँकी छन्।