ताजा अपडेट

ट्रेन्डिङ

‘विद्यार्थीमा जागिर खाने होइन, खुवाउने मानसिकताको विकास गराऔं’

Gyan Khabar

ज्ञानखबर

२९ मङ्सिर २०८१, शनिवार
301 पटक हेरिएको
‘विद्यार्थीमा जागिर खाने होइन, खुवाउने मानसिकताको विकास गराऔं’

भक्तपुरमा शनिबार भएको एउटा कार्यक्रमका सहभागीहरुले कलेज पढ्ने अहिलेका विद्यार्थीमा जागिर खाने नभई खुवाउने मानसिकताको विकास गराउनुपर्नेमा विशेष जोड दिइएको छ ।

त्यसका लागि कलेजहरुमा अध्यापन गराउँंदा शिक्षकहरुले त्यस विषयमा विशेष ध्यान दिनुपर्ने खाँंचो उनीहरुले औैल्याए ।  काठमाडौं वल्र्ड स्कुल सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू भक्तपुरले एमवीए कार्यक्रम सुरु गरेको अवसरमा कलेजमा आयोजित कार्यक्रममा सहभागीहरुले त्यही अनुसार विद्यार्थीलाई शिक्षण गराउनुपर्नेमा विशेष ध्यानाकर्षण गराए । 

काठमाडौं वर्ल्ड स्कुल सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू भक्तपुरका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झाले आफूहरुले त्यही अनुसारका अध्यापन गराउने योजना रहेको जानकारी गराए । त्यसका लागि विद्यार्थीलाई सैद्धान्तिकसँंगै व्यवहारिक शिक्षण सिकाइमा जोड दिने उनले त्यस अवसरमा बताए । साथसाथै आफूहरुले आफना विद्यार्थीलाई जागिर खुवाउने बनाउन त्यही अनुसारका वातावरण तयार पार्न विद्यार्थीलाई सहयोग गर्ने पनि उनले जनाए । 

काठमाडौं वल्र्ड स्कुल नेपालकै प्रख्यात व्यापारिक समूह सिजी समूहले सञ्चालन गरेको स्कुल हो । हाल यहाँं कक्षा १२ सम्म मात्रै पढाई हुन्छ । तर अहिले काठमाडौं वल्र्ड स्कुल अफ इन्जिनियरिंग एण्ड म्यानेजमेन्ट (केडव्लूएसईएम) कलेज सञ्चालनमा ल्याई एमवीएको पढाई थालेको हो । नेपालकै सुुदुरपश्चिम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरी उसले एमवीए कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

व्यवसायका भावी नेतृत्वकर्ताहरुलाई शशक्त बनाउँंदै भन्ने उदघोषका साथ उसले यो वर्षदेखि एमवीए कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो । विद्यार्थीको अनुकुलताको आधारमा विहान वा साँंझको समयमा कक्षा सञ्चालन गर्ने योजना राखेको कार्यक्रममा बताइयो । कार्यक्रममा बढीमा ३० जनाको कोटा रहको जनाएको छ ।  तर पनि न्युनतम १० दस जनाको कोटा पूरा भयो भने कक्षा सञ्चालन गर्ने योजना रहेकोे कार्यक्रममा बताइयो । 

कार्यक्रममा सहभागीहरुका लागि स्लाइडमार्फत प्रस्तुतीकरण पनि गरेको थियो । कलेजका प्रशाशन प्रमख सची पाण्डले एमवीए कार्यक्रमबारे प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा एकेडेमिक डिरेक्टर एण्ड क्वालिटी कन्टोलर अफ सीजी लनिंगका एन्किला लामाले अनुभब सेयरिंग गरेकी थिइन् । कार्यक्रममा संस्थाका प्रमुख गौरब शर्मा, अफिसियल्स अफ मार्केटिंग डिपार्टमेन्टका सोनिया थापामगर र हरिहर राणा, मार्केटिंग एक्जुकेटिभ अफिसर सुमन मानन्धरलगायतले लन्च गरिएको कार्यक्रमबारे चर्चा गरेका थिए ।