ताजा अपडेट

ट्रेन्डिङ

मध्यपुर थिमिमा क्यान्सर रोगको सचेतनामुलक अभिमुखिकरण सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, पुस २९, २०८१
525 पटक हेरिएको
मध्यपुर थिमिमा क्यान्सर रोगको सचेतनामुलक अभिमुखिकरण सम्पन्न

मध्यपुर थिमि नगर क्षेत्रका महिलाहरुलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धी चेतना अभिवृद्धि गर्न सचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

क्यान्सर रोग विरुद्ध सचेत गराउने र समयमै रोगको लक्षण थाहा पाएर उपचार गरेमा क्यान्सर रोग पनि रोकथाम गर्न सकिन्छ भने जनचेतना जागरण गर्न मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४, ५ र ६ वडामा ३ दिने सचेतनामुलक अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।

मध्यपुर थिमि नगरपालिकाको सहकार्य एंव जनस्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाईटी मध्यपुर थिमि उपशाखाको आयोजनामा महिलाहरुको स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम बालकुमारी, भुलााखेल र पाटीबिहारमा संचालन गरेर गृहिणी महिलाहरू क्यान्सर रोगको लक्षण, रोकथामका उपाय, उपचारमा पाईने सरकारी सेवा सुविधा, ओषधी उपचार व्यवस्था, दैनिव जीवनयापनमा अपनाउनु पर्ने स्वास्थ्य सचेतना र सतर्कता लगायतमा ज्ञान दिईएको कार्यक्रम संयोजक कन्या मन्दिर प्रजापतिले बताए ।

प्रत्येक वडाबाट ३०/३० जना लक्षित महिलाहरु सहभागी भएको कार्यक्रम व्यवहारिक र उपलब्धिमुलक रहेको सहभागीले बताएका छन । साथै यस्ता सचेतनामुलुक कार्यक्रमहरु नगरपालिका भरि बृहत् रुपमा संचालन गर्नु पनि माग गरे । जनस्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापति र भक्तपुर क्यान्सर अस्पतालका नर्सिङ प्रमुख लक्ष्मी श्रेष्ठले सहभागी महिलाहरुलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धि अपनाउनु पर्ने दैनिक जीवनको व्यवहारिक पक्षमा अभिमुखिकरण र स्वास्थ्य शिक्षा दिईएको थियो ।

अभिमुखिकरण कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पात्य श्रेष्ठ, ५ नं. वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ र ६ वडा अध्यक्ष ज्ञानदास प्रजापतिको पनि क्यान्सर रोग विरुद्ध समाजका महिलाहरूलाई सचेतनामुलक शिक्षा दिएर रोकथाम र नियन्त्रणमा सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने धारणा ब्यक्त गरेका थियो ।

जनस्वास्थ्य र स्वास्थ्य सरोकारका सेवा सुविधामा वडाबासीहरुको सहज पहुच पुर्‍याउन स्वास्थ्य संघ/संस्थाहरुसग सहकार्य गरेर वडा नगर स्तरमा कार्यक्रम सचालन गर्ने तर्फ वडा कार्यालयको भावी नीति तथा योजना रहेको जानकारी वडा अध्यक्षहरुले जानकारी दिए ।