यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३१औं स्थापना दिवस समारोह सञ्चालक समितिको आयोजना तथा नेमकिपाका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा साँसद सृजना सैंजुको प्रमुख आतिथ्यतामा सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि साँसद सैंजुले संसारमा सहकारी आन्दोलनको सुरुवात सन् १९१७ बाट नै भएको र सहकारी आन्दोनको माध्यमबाट नै थुप्रै राष्ट्रहरुमा किसानहरुको प्रगति भएको बताए । उनले सुविधाजनक भक्तपुरको स्थापनामा सहकारी आन्दोलनको ठूलो भूमिका रहेको भन्नुहुँदै लेलिनले सय वर्ष अगाडि नै अनुमान गरका दुई सहकारी आन्दोनका पक्षहरु अहिले लागु भइरको बताए । साँसद सैंजुले सिद्धि गणेश साकोसले झण्डै एक पुस्ताको निम्ति सेवा प्रदान गरेर समाजमा परिर्वतन ल्याउन अहम भूमिका खेलको बताउँदै संस्था सहकारी आन्दोलनको एक प्ररभिम्क सहकारी संस्था रहेको भने ।
प्रमुख अतिथि सैंजुले संस्थाको विकासका लागि २५ वर्ष देखि अनवरत सेवा प्रदान गर्ने संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरु र बचत प्रमुख सुमित्रा खाईजुलाई पदक र कदर–पत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रमका अतिथि भ.न.पा.–७ का वडाध्यक्ष उकेश कवांले सिद्धि गणेश साकोस जस्ता समुदायमा आधारित सहकारी संस्थाले समाजलाई रुपान्तरण गर्न टेवा पुयाउने बताए । उनले सहकारीका सञ्चालक सदस्यहरु र कर्मचारीबीच राम्रो समन्वय कयम नगरे सहकारी संस्था समस्यामा पर्ने भन्नुहुँदै संस्था विकासका लागि निरन्तर अनुसन्धानहरु गर्दै जानुपर्ने बताउँदै सहकारी संस्थाहरुले विभिन्न सामाजिक कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिनुहुँदै ज्यष्ठ नागरिकका लागि आदर निकेतन र शिशुहरुका लागि शिशुस्यहारको स्थापना गर्दै जान सुझाव दिए ।

कार्यक्रमका अतिथि भक्तपुर नगरपालिकाका प्रतिनिधि हरि प्रसाद बासुकलाले हाल सहकारी क्षेत्रमा देखिएको समस्याहरुको समाधान गर्न राष्ट्र स्तरमा नै विभिन्न अनुगमन समिति बनाई सहकारी क्षेत्र विकास गर्ने कार्य भई रहेको जानकारी दिए । उनले भक्तपुर नगरका सम्पुर्ण सहकारी संस्था समुदायमा आधारित रहेको हुनाले भक्तपुरका कमै सहकारी संस्थामात्र समस्यामा परेको बताउनुभयो । वडाध्यक्ष बासुकलाले जगेडाकोष बलियो भएका सहकारी संस्था दिगो हुने बताउँदै जगेडा कोषको रकम उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले समुदायमा आधारित भई कार्य गर्दै आएको यस संस्था सदस्यहरुको विश्वास र सहयोगले गर्दा जिल्लामा मात्र नभई राष्ट्रमै सफल बनेको बताए । उनले ३१ जना युवाहरुको अगुवाईमा स्थापित यस संस्था पहिलो वर्षमा घाटामा गएको संस्था हाल बाल बचतकर्ता तथा ज्यष्ठ सदस्यहरु समेत गरी २१ हजार भन्दा बढिको सदस्यहरु सिहत निरन्तर नाफामा रहेको बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु प्रसाद दुमरु, सचिव विष्णु प्रसाद दुमरु, कोषाध्यक्ष जयराम गोर्खाली, भक्तपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवं संस्थाका सञ्चालक सदस्य कृष्ण गोविन्द लाखाजु, अतिथि डा. रत्न सुन्दर लासिवा, संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खाली, निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य राजन लाखाजु लगायतका वक्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।
साथै कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले संस्थाको स्थापना दिवसको अवसरमा संस्थाका सबै उपसमितिको आयोजनामा विभिन्न तालिम, अन्तरक्रिया कार्यक्रम, स्वास्थ्य शिविर तथा खेलकुद प्रतियोगिताहरु सम्पन्न भएको जानकारी दिए । उनले माथिल्लो निकायबीच समन्वय कायम गरी नीति नियममा सञ्चालन भएको यस संस्थाका सदस्यहरुको बचत र ऋण लगानी सुरक्षित रहेको बताए ।