ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरीमा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, माघ २, २०८१
1803 पटक हेरिएको
वागीश्वरीमा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा गत मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भएको भक्तपुर महोत्सवमा सहयोग गर्ने वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका शिक्षक, कर्मचारी, विद्यार्थी र सांस्कृतिक गुरुहरूलाई वागीश्वरी कलेजमा एक कार्यक्रमको आयोजना गरी धन्यवाद ज्ञापन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख सुनिल प्रजापतिले सहयोगी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै नगरवासीहरूको उत्साहजनक सहभागिता र सहयोगबाट भक्तपुर महोत्सव अरूको लागि समेत उदाहरणीय बन्न पुगेको बताए । महोत्सव अवलोकन गर्न आएका विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरूले भक्तपुर शिक्षा र स्वास्थ्यमा जस्तै महोत्सव आयोजनामा पनि उदाहरणीय रहेको प्रतिक्रिया आफूलाई दिएको बताउँदै उनले भने ‘नगरपालिकाले केवल पच्चीस ठाउ“मा प्रदर्शनीको व्यवस्था गरेकोमा नगरवासीको सहभागितामा एक सय बत्तीस स्थानमा प्रदर्शन भयो । यो आफैमा सफलताको उदाहरण हो ।’

वागीश्वरीले महोत्सवको पूर्वसन्ध्यामा ‘वागीश्वरी उत्सव’ को आयोजना गरी महोत्सवको पूर्वअभ्यास गरेको चर्चा गर्दै उनले वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको तर्फबाट शैक्षिक, सांस्कृतिक, व्यापारिकलगायत स्काउट, स्वयम्सेवक क्षेत्रमा पुऱ्याएका योगदान प्रशंसनीय रहेको बताए ।

भनपा वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्ताको लागि महोत्सव नयाँ अनुभव भएको उल्लेख गर्दै महोत्सवका पाँच दिन भक्तपुर सिङ्गै एउटा खुला विश्वविद्यालय जस्तो भएको बताए ।

FB IMG 1736949018512

वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापति, प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले पनि बोलेका थिए ।

कार्यक्रममा वागीश्वरी तीनओटै संस्थाबाट भक्तपुर महोत्सवमा सक्रिय सहभागिता जनाएका २२५ जनालाई धन्यवाद पत्र वितरण गरिएको थियो ।