ताजा अपडेट

ट्रेन्डिङ

सरस्वती बहुमुखी क्याम्पसमा हल्ट सप्ताह : नवीनता र प्रभावको सप्ताह

Gyan Khabar

ज्ञानखबर

शनि, माघ ५, २०८१
624 पटक हेरिएको
सरस्वती बहुमुखी क्याम्पसमा हल्ट सप्ताह : नवीनता र प्रभावको सप्ताह

सरस्वती बहुमुखी क्याम्पसले सफलतापूर्वक हल्ट सप्ताह सञ्चालन गरेको छ । विद्यार्थीको सक्रिय सहभागिता एवम् कार्य सम्बोधनको यो सप्ताहले नवीनता, टिम सहकार्य र उद्यमशीलताको विचारलाई उकासेको छ।

सप्ताहमा विभिन्न उत्साहजनक कार्यहरु सञ्चालन भएका थिए जसले प्रतियोगीलाई रोमाञ्चक बनायो र क्याम्पस परिसरमै उमङ्‌ग र हौसलाको माहोल सिर्जना गरेको थियो । सप्ताहको मुख्य आकर्षणहरू निम्न प्रकारका रहेका थिए ।

पहिलो दिनः अन्तर्क्रियात्मक हाजिरीजवाफ प्रतियोगिता
हल्ट सप्ताहको पहिलो दिन हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो। यो छलफल र सक्रिय सहकार्यमा सम्पन्न भएको थियो। यसले प्रतियोगीहरुको सामान्य ज्ञान र समस्या समाधानको सीपबारे उजागर गरेको थियो।हाजिरीजवाफका प्रश्नहरुमा सामान्य लेभलको प्रश्नदेखि हल्टसँग सम्बन्धित प्रश्नहरु थिए जसले विद्यार्थीहरुको सिर्जनात्मक सोच र विश्वव्यापी मुद्दाहरुको चेतनाको परीक्षा लिएको थियो। वातावरण रमाइलो र प्रतिस्पर्धात्मक थियो भने सबै प्रतिस्पर्धीको पनि उत्साहजनक सहभागीता थियो।टिमले मिलेर छलफल गरेर उत्तरहरु दिदै थिए भने यसले टिमको लगनशीलता र आपसी मेलमिलाप पनि दर्शाएको थियो।

हल्ट सप्ताहको शुरुवात गर्न यो रोचक विषय थियो।जाँगर र उर्जाले माहोैल परिपूर्ण थियो। उर्जाशील युवाहरुको जमात भएको थियो। मिहिनेत र बौदिकताको तालमेल मिलाउने समूहको विजय भयो जसमा श्रीराम जोशी, शिवजी अधिकारी, सुजन बिके, र सुशान्त कोइराला थिए । छिटो जवाफ, सहकार्य र सही उत्तरहरुले गर्दा सबैलाई उछिन्दै यो समूह प्रथम बन्यो।यसले अरुलाई पनि अझ मिहिनेत गर्ने हौसला मिल्यो र सप्ताहको महत्त्वका साथ सुरुवात भयो।

दोस्रो दिनः केस अध्ययनको चुनौती
दोस्रो दिन प्रतियोगीहरू केस अध्ययनमा सहभागी भएका थिए जसमा उनीहरुलाई दिगो विकासका लक्ष्यसँग सम्बन्धित तथा व्यापार नैतिकता सम्बन्धि केसहरु दिइएको थियो। उनीहरूलाई दिइएको केसको वातावरण नियालेर विचार गर्दै आफ्नो व्यक्तिगत धारणा र उपायहरु लेख्नुपर्ने थियो।वातावरण शान्त भएतापनि विद्यार्थीहरु केसलाई पूरा गर्न ध्यानपूर्वक अध्ययन गर्दै थिए। प्रतियोगीहरुले अन्योलको विचार गरेर समालोचनात्मक विचारहरू उत्तरमा कोर्दै थिए।

समस्या समाधान गर्ने तरिकामा भएको लगन एकदमै आकर्षक थियो। यसले विश्लेषणात्मक र सञ्चारणको सीप विकासमा टेवा पुगेको छ। यसले नैतिक र दिगो समाधानका उपायहरूको सम्मिश्रण गर्न मदत पुगेको छ भने व्यावहारिक समाजमा हुने चुनौतीको साक्षात्कार गर्न पनि सिकाएको छ। यसको विजेता टिम वायुष्टिबाट श्रीषा पाण्डे हुनुभएको छ।फरक एवम् गहन दृष्टिकोणले वायुदृष्टि अग्रमी स्थानमा आयो।

तेस्रो दिनः ट्रेजर हन्ट
उत्साहको पर्याय जस्तै ट्रेजर हन्ट, हल्ट सप्ताहको आकर्षक प्रतियोगिता थियो। पूर्वानुमान भएजस्तै यो सधैँ आकर्षक हुने गर्छ। टिममा सुरुवात गर्न हतार हुन्छ, कोड पहिल्याउन अत्यास हुन्छ र अन्त्यमा पुरस्कारको नजिक पुग्न हतारो हुन्छ।क्याम्पस परिसरनै यसले जीवित भएको प्रतित हुन्छ जब प्रतियोगीहरु स्थान खोज्न यता र उता दगुर्छन, उखान पहिल्याउँछन् र अबको रणनीति बनाउँछन्।

प्रतिस्पर्धात्मक भावना एकदमै प्रस्ट देखिन्थ्यो र सबै आफ्नो पक्षको टिमलाई विजयको लागि हौसला दिइरहेका थिए। ट्रेजर हन्ट रमाइलो र समस्या समाधानको मिठो मिश्रण बनेको थियो। यसले टिम स्पीरिट र लगनशीलतालाई उकासेको थियो। एउटै लक्ष्य प्राप्तिका लागि प्रतियोगीहरु साझेदारी गर्दै थिए भने प्रेसरको बेला कसरी रमाइलोसँग काम गर्ने भन्नेपनि सिक्दै थिए। जुन फुर्ती र ओजका साथ ट्रेजर हन्ट भइरहेको थियो, यो हेर्न लायक दृश्य बनेको थियो। साइना पन्थि, श्रद्धा भुसाल, विनीता लामिछाने, सञ्जना मन्डल र सुमित्रा गिरीको पाँच जनाको समूहले पहिलो स्थान हासिल गर्यो।

FB IMG 1737208082806

चौँथो दिनः फोटोग्राफी प्रतियोगिता
यस फोटोग्राफी प्रतियोगिताले सिर्जनात्मक तवरले प्रतियोगीहरुलाई विश्वव्यापी मुद्धाहरु आफ्नो नजरबाट हेर्न प्रेरित गर्यो। दिगो विकासका लक्ष्यहरूसँग मेल खाने दुवै समस्या र त्यसको उपाय झल्कने फोटोहरू प्रतियोगिहरुले खिच्नुपर्ने थियो। फलस्वरूप हरेक प्रतियोगिहरुको फोटोले आफ्नै कथा बोलेको थियो भने प्रतियोगिहरुको नवीन सोच र दिगोपनाका धारणाहरु पनि झल्काएको थियो। यो प्रतियोगिताले दृष्टिकोणमा फरकपन ल्याउन प्रोत्साहन गरेको छ भने विचारलाई दृश्यमा पविवर्तन गर्न पनि हौसला दिएको छ। सबै फोटोहरु प्रेरणादायी र विचार सम्मत थिए भने यसले कथावाचनको शक्ति पनि दर्शाएको थियो। यसले सचेतनालाई उजागर गर्दै समस्या समाधानमा जोड दिन पनि सहयोग पुर्याएको छ।आफ्नो विवेकात्मक फोटोद्वारा रक्षा सुवेदीले यो प्रतियोगिता जित्नुभएको छ।

पाँचौ दिनः पिचिङ प्रतियोगिता
पिचिङ प्रतियोगिता हल्ट सप्ताहको मुख्य आकर्षण थियो जसले प्रतियोगीहरूमा उद्यमशीलताको भावना उजागर गरेको थियो। टिमहरुलाई नवीन केसहरू दिइएको थियो जसमा भएको समस्याको पहिचान गरेर उत्तम उपायहरू उनीहरुले भन्नुपर्ने थियो । हरेक टिमले अगाडि स्टेजमा गएर निर्धक्क भएर प्रस्तुति दिएका थिए जसमा उनीहरुको खोज, सृजनात्मकता एवम् साध्यता झल्किएको थियो।

माहौल एकदमै उर्जाशील थियो जहाँ आइडियाहरु प्रस्तुत भए, प्रश्नको घेरामा उभिए। सच्चिने सुझावपनि पाए। विलक्षण र अनुभवी प्रोफेसरहरू रिता सुवेदी र सत्य नारायण चौधरीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँहरुले ज्ञानमूलक सुझावहरु दिनुभयो। यसले प्रतियोगिहरुलाई सिक्ने र बढ्ने महत्वपूर्ण अवसर प्रदान गर्यो जसले पछि गएर ठूलो जनमानसमा प्रस्तुत हुन सहयोग गरेको छ। दोस्रोपटक पनि विजयी हुँदै टिम वायुदृष्टिबाट श्रीषा पाण्डेले प्रथम स्थान हासिल गर्नुभएको छ।

छैठौं दिनः हल्ट एलुम्नाईद्रारा वर्कशप
हल्ट प्राइज एलुम्नाईद्रारा महत्त्वपूर्ण वर्कशपको सञ्चालन गरिएको थियो जहाँ सुझावका साथै पिचिङका रणनीतिपनि सिकाइएको थियो। यसले विभिन्न साधनहरुको प्रयोगबाट आफ्नो आइडिया कसरी प्रस्तुत गर्न सकिन्छ भनेर प्रतियोगिहरुलाई सिकाइएको थियो। नयाँ प्रतियोगिहरुलाई पहिलो पटक पिचिङ गर्न हिच्किचाहट हुनसक्ने भएकाले यसलाई समाधान गर्न पूर्व प्रतियोगिद्वारा आफ्नो अनुभव प्रस्तुत गर्न यो एकदमै महत्त्वपूर्ण माध्यम बनेको थियो। यसले सहज सहकार्यमा विस्तार ल्याएको छ।

FB IMG 1737208049981

सातौँ दिनः समापन समारोह
हल्ट सप्ताहको समापन समारोह आयोजना गरिएको थियो जसमा उत्साहजनक सहभागिता भएको थियो। यसलाई मध्यनजर गरेर मिङ्गल खेलपनि खेलिएको थियो। समापन समारोहलाई रोचक बनाउन मिङ्गल खेल खेलिएको थियो जुन स्मरणमा सदैव रहिरहने खेल बन्यो।

यो खेलले सबैजनालाई आपसी सहकार्यमा ल्याउने काम गर्यो।समापन समारोहको दिनका लागि यो उत्तम उपाय साबित भयो। यसले सबैमाझ मुस्कान, मित्रता र सहजताको भाव सिर्जना गर्यो।सातै दिनका प्रतियोगिहरुको लगनशीलता र मिहिनेतलाई प्रोत्साहन गर्न विजयी भएकाहरुलाई सर्टिफिकेट वितरण गरिएको थियो।यो हौसलाको टेवा हो।

सरस्वती बहुमुखी क्याम्पसमा भएको हल्ट सप्ताहले नवीनताको पहिचान मात्र गरेन साथै यसले सहकार्य र आपसी मेलमिलापको भावमा पनि थप सहयोग पुऱ्यायो। यसको सफलतापूर्वक समापनमा सबै प्रतियोगिहरू, आयोजक समूह र क्याम्पसकै महत्त्वपूर्ण योगदान रहेको छ।यसले युवा मस्तिष्कलाई घेराभन्दा बाहिर सोच्न प्रोत्साहित गरेको छ।

FB IMG 1737208029433