ताजा अपडेट

ट्रेन्डिङ

आई.एम.एस. कलेजमा रक्तदान र निःशुल्क डेन्टल चेकअप कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, माघ ६, २०८१
784 पटक हेरिएको
आई.एम.एस. कलेजमा रक्तदान र निःशुल्क  डेन्टल चेकअप कार्यक्रम सम्पन्न

आई.एम.एस कलेजमा माघ ३ गते बिहीबारका दिन रक्तदान साथै निःशुल्क डेन्टल चेकअप कार्यक्रम सम्पन्न भएको छ।

आई.एम.एस. हल्टप्राइजद्वारा आयोजना गरिएको सो कार्यक्रम अन्तर्गत रक्तदानको लागि नेपाल रेडक्रस सोसाईटीको प्रतिनिधित्वमा लियो क्लब अफ केटिएम ड्रिम्स र डेन्टल चेकअपको लागि समाज डेन्टलसँग सहकार्य गरिएको थियो।

रक्तदान आफैंमा जीवनदान भएकाले सबैले स्वेच्छाले रक्तदान गरेका थिए साथै हाम्रो सानो प्रयासले कसैले नयाँ जीवन पाउँछ भने यस्तो कार्यमा पछिहट्नुहुदैन भन्ने सहभागीको भनाइ थियो।

नेपाल रेडक्रस सोसाइटीद्वारा विभिन्न स्थानीय र प्रदेश सरकारसंग समन्वयगरी बागमती प्रदेशका १३ वटा हस्पिटलमा निःशुल्क रगत प्रदान गर्दै आएको छ । काठमाडौँ महानगरपालिका र यस आसपासका क्षेत्र जस्तै टोखा, चन्द्रागिरी,नागर्जुन नगरपालिका लगायत संग सम्झौता गरी निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । निःशुल्क रगत चाहिएको खण्डमा व्यक्तिको नागरिकता अथवा परिचय खुलाउने प्रमाणपत्र देखाएरै सहजै यो सेवा सुविधा लिन सकिने व्यवस्था रहेको छ।

IMG 20250119 WA0003

सोही कार्यक्रममा समाज डेन्टल हस्पिटलका दन्त चिकित्सकद्वारा सहभागीहरुको दन्त समस्याहरुको परिक्षण, उपचार र सुझाब दिइएको थियो ।

यो कार्यक्रमलाई प्रायोजकको रूपमा मिथिला थिङस, आरस्क फुड, सन सेकुरिटिज, समाज डेन्टल, टु पिएम नुडलस, एनमबी बैंक, ज्योती विकास बैँक, जाम पाउरोटी, अरबान मेज, एस क्याफे, रियल र्बस्ट, गलोबल टेलरिङ, लाभा लन्ज एण्ड बार, के टिएम, क्रेटिभ लिङ्‌क, प्रोसर र आइडिया प्रेन्युर नेपाल द्वारा साथ दिएको थियो ।

IMG 20250119 WA0004