शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षक दरबन्दी पुनरावलोकन समितिले आफ्नो हालसम्मको प्रगति सम्बन्धमा मन्त्री विद्या भट्टराई समक्ष ब्रिफिङ गरेको छ ।
विभिन्न प्रतिवेदनको अध्ययन, सूचना तथा अन्य विधिबाट सुझाव माग, जनसंख्या/विद्यार्थी/शिक्षकको तथ्याङ्क विश्लेषण गर्ने आदि काम सकिएको कुरा उक्त समयमा समितिका संयोजकले राखेका थिए ।
प्रतिवेदन तयार गर्ने क्रममा गर्नुपर्ने केही नीतिगत विषयमा स्पष्ट पारेका थिए। आधारभूत तह भन्नाले बालविकास देखि कक्षा ८ हो की कक्षा १ देखि कक्षा ८ सम्म पहिलेका माध्यमिक र उच्चमाध्यमिक शिक्षकलाई माध्यमिक शिक्षकमा भनी समायोजन गर्ने
लगायतका विषयमा मन्त्रालयको धारणा माग गरेको थियो।
पहाडी र हिमाली क्षेत्रमा कतिपय विद्यालयमा विद्यार्थी संख्या अत्यन्त कम भएको तथा तराई र शहरी क्षेत्रमा विद्यार्थीको चाप भएको कारण शिक्षक/विद्यार्थी अनुपात कायम गर्ने जस्ता विषयमा स्पष्ट हुनु पर्ने कुरा समितिबाट राखेका थिए ।
छलफलका क्रममा शिक्षा सचिवज्यूले यो समितिले गर्न लागेको काम मेघा काम हो र समितिले दिने सुझाव मूल्यवान हुने कुरा व्यक्त गर्नुभएको थियो । समितिको प्रतिवेदन तयार गर्दा चालु ऐन/सिद्दान्त अनुसार गर्ने र आगामी दिनका लागि प्रतिवेदनले सुझाव दिनु पर्ने कुरा उहाँले छलफलका क्रममा राखे ।
समितिको छलफलमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईले कतिपय विषय छलफलमै रहेकोले विद्यमान ऐन तथा नियममा आधारित रहेर आफ्नो प्रतिवेदन तयार गर्न ठीक हुने कुरा बताए । तथ्याङ्कको सही विष्लेषण गर्ने, विज्ञहरूसँग छलफल गर्ने, स्थानीय सरकार, विद्यालय तथा शिक्षकहरूसँग समेत छलफल र अन्तर्क्रिया गरी निचोडमा पुग्न सुझाव प्रस्तुत गरे ।
समितिबाट प्राप्त प्रतिवेदनमा भएका सुझावहरू ग्रहण गरी कार्यान्वयमा जाने र समितिमा छलफलका क्रममा रहेको शिक्षा विधेयकमा सुझाव दिन र समितिलाई मन्त्रालयका तर्फबाट धारणा दिने सैद्दान्तिक आधार प्राप्त हुने बिचार मन्त्री भट्टराईले राखेका थिए ।