ताजा अपडेट

ट्रेन्डिङ

हल्ट प्राइज एट एस.एम.सी र लियो क्लबको सहकार्यमा खाना वितरण कार्यक्रम

Gyan Khabar

ज्ञानखबर

सोम, माघ ७, २०८१
709 पटक हेरिएको
हल्ट प्राइज एट एस.एम.सी र लियो क्लबको सहकार्यमा खाना वितरण कार्यक्रम

हल्ट प्राइज एट एस.एम.सीको पहलमा माघ ५ गतेका दिन स्वयम्भूमा संयुक्त सहकार्य गरेर खाना वितरण कार्यक्रम सम्मन्न गरिएको छ । साे कार्यक्रम लियो क्लब अफ काठमाडौं प्रयासनगरसँगकाे संयुक्त सहकार्यमा सम्पन्न भएको हो । दिगो विकासको लक्ष्य अन्तर्गत नं. २-शून्य भोकमरी (जेरो ह‌ङगर)लाई मध्यनजर गर्दै याे कार्य गरिएको थियो जसले गाँससँग मीठाे हाँसो पनि बाँड्न सहयोग पुर्‍याएकाे छ।

कार्यक्रमको उद्देश्य समाजका निम्न वर्गहरू, एकल मानिस र परिवारहरुलाई पौष्टिक खाना वितरण गर्नु थियो । हल्ट प्राइजको आयोजक समूह र लियो क्लबका सदस्यहरू मिलेर खानाका पाकेटहरू वितरण गरेका थिए। खानाको पौष्टिक मात्रालाई हानि नहुने गरि ध्यान दिएर पाकेटहरुलाई सही व्यक्तिसमक्ष पुऱ्याइएको थियो ।

क्याम्पस डिरेक्टर शिशिर मरासिनीले भने “भोकमरी अहिले विश्वव्यापी रुपमा नै जल्दाेबल्दाे समस्या भएको छ। यस्ता कार्यक्रमहरू गरेर स्थानीय तहमा सुधार गर्दै हामीले विश्वव्यापी रुपमा सहयाेग पुर्‍याउन सक्छौं । लियाे क्लब जस्तै क्लबहरुकाे सहकार्यले धेरैमाझ पुग्न सघाउँछ र सकारात्मक फरकपन ल्याउन मदत गर्छ।”

उनले भने यस खाना वितरण कार्यक्रमले महत्त्वपूर्ण तवरले हल्ट प्राइजको मिसनलाई विस्तार गर्न मदत गरेको छ । व्याप्त समस्याको समाधान गर्न सामाजिक उद्यमशीलताको विकास गर्न हल्ट प्राइजले प्रोत्साहन गर्छ। युवा नेतृत्वले नै दिगो विकास र समता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

FB IMG 1737388949244

यस्ता कार्यक्रमहरूले तत्कालै राहत प्रदात गर्नुका साथै समुदाय स्तरमा पनि भोकमरी र खाद्य सुरक्षामा हुनुपर्ने पहलको सचेतना फैलाउन मदत गर्छ । सम्पूर्ण सहयोगीहरू, दाताहरू एवम् स्वयमसेवकहरुको अथक प्रयासले नै कार्यक्रम सफल भएको हो र यसको लागि आयोजक समिति आभारी व्यक्त गरे ।

FB IMG 1737388945800