ताजा अपडेट

ट्रेन्डिङ

नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, माघ १०, २०८१
986 पटक हेरिएको
नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न

नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत माध्यमिक तह अन्तर विद्यालय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता-२०८१ सिरिन केन स्कुलको आयोजनमा माघ १० गते विहिबारका दिन सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा सूर्यविनायक ९ भक्तपुर स्थित मदलल्याण्ड स्कुलले प्रथम स्थान हासिल गरेको छ । साथै ईडेन गार्डेन स्कुल द्धितीय, आरक्षण नेसनल स्कुल तृतीय र पारागन एकेडेमी सान्त्वना स्थान हासिल गरेका छन् । हाजिरीजवाफ प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो ।

स्कुल तहका विद्यार्थीहरुमा पनि बाह्य सामान्य ज्ञान बारे थप जानकारी रहनु पर्छ भन्ने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा १६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

दुई समूहमा विभाजन गरी संचालन गरिएको प्रतियोगिताको अन्तिम फाइनल राउन्डमा प्रवेश गर्न सफल ६ वटा विद्यालयको समूह बीच प्रतिस्पर्धा भएको आयोजक सिरिन केन स्कुलका संचालक कमल सुवालले बताए।