आई .एम .एस. कलेजमा हल्ट प्राइज आई.एम.एस को प्रस्तुतीकरण मास्टर क्लास सम्पन्न भएको छ ।
कार्यक्रममा मुख्य वक्ता सफ्ट स्किल ट्रेनर एवम् निम्बस मोटोकर्पका व्यापार प्रमुख असिम शर्माले प्रस्तुतीकरण प्रभावकारी रूपमा कसरी प्रस्तुत गर्ने भन्ने मार्गदर्शन गर्दै सहभागीहरूलाई आफ्नो आइडिया प्रस्तुत गर्दा आइडियाले ल्याउने समस्याको समाधन देखी त्यसले कसरी समाज र समग्र विश्वमा सकारात्मक परिवर्तन र नविनतम अवधारणा ल्याउन सक्छ भनी प्रस्तुत गर्नुपर्ने कुरा उल्लेख गरे ।
साथै सहभागीले फाईनलमा हल्ट प्राइजको आईडिया पिच गर्दा आउने जटिल प्रश्नलाई गहन अध्ययन साथै त्यसको प्रोटोटाइप अथवा केही स्रोत उल्लेख गरेमा आफ्नो प्रस्तुती दमदार गर्न सकिन्छ भन्ने कुरामा शर्माले जोड दिए ।
उक्त कार्यक्रमलाई प्रतिस्पर्धी उन्मुख बनाउँदै सहभागीले सोधेका प्रश्नलाई निकै रोचक तरिकाले जबाफ दिई सबैलाई हौसला साथै प्रेरणा दिए ।
कार्यक्रमले सहभागीहरुलाई फाइनलको प्रस्तुतीकरण गर्ने प्रयोगात्मक ढाँचा साथै मार्गर्दशन गरेको थियो ।

कार्यक्रमलाई मिथिला थिङस, आरस्क फुड, सन सेकुरिटिज,एथर, ज्योती विकास बैँक, समाज डेन्टल, 2 पिएम नुडलस, एनएमबी बैंक , एडभान्स सरस्वती, अरबान मेज, रियल र्बस्ट, ग्लोबल टेलरिङ, लाभा लन्ज एण्ड बार, के टिएम, क्रेटिभ लिङ्क , प्रोसर र आइडिया प्रेन्युर नेपाल र ज्ञान खबर एजुकेशन एण्ड रिसर्च मिडिया(Gyankhabar.com) द्वारा साथ दिएको थियो ।
