नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखीकरण कार्यक्रमको पहिलो सत्रमा गणित विषयका विज्ञ रमेश प्रसाद अवस्थीले विद्यार्थीहरुले गणित विषयलाई प्रयोगात्मक रुपमा अध्ययन गर्नु पर्ने, कठिन रुपमा लिनु नहुने साथै बुझेर मात्र अभ्यास गर्नु पर्नेमा जोड दिए । विज्ञ अनस्थीले एसईई परीक्षामा के कसरी राम्रो अंक ल्याउन सकिन्छ भनेर विद्यार्थीलाई प्रशिक्षण गरेका थिए ।
अभिमुखीकरण कार्यक्रमको दोश्रो सत्रमा प्रसिद्ध उत्प्रेरक विकास देव योन्जन (तामागं)ले भविष्य बनाउने समय नै अहिले स्कुल जीवनमा नै हो भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिड्ने व्यक्ति सफल हुन्छ त्यसकारण विद्यार्थीहरुले आजको समयलाई सहि सदुपयोग गर्नु पर्ने सन्देश प्रवाह गर्दै उनले जीवनमा सफलता पाउन एकै पटक ठूलो फड्को चाल्नु भन्दा विस्तारै आफ्नो गति बढाउने तर आजै सुरुवात गर्नु पर्ने बताए । उत्प्रेरक योन्जनले जीवनपयोगी उत्प्रेरणा जोड्दै पढ्ने र सिक्ने समयलाई कहिल्यै अन्यन्त्र खेर फाल्न नहुने दृष्टान्त दिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई भक्तपुरका प्रमुख कमला ज्ञवालीले विद्यार्थीले खुशि भएर पढ्नु पर्ने सुत्रहरु सिकाएकक थिए । उनले घरमा अभिभावकले र विद्यालयले पढ्न मात्र जोड गर्ने र कुनै पनि सीपमा नलगाउने कारण भविष्यमा बेरोजगार भई मानिस तनावको सिकार हुने भन्दै हरेक दिन ५ मिनेट ध्यान गरेर आफ्नो दिनको सुरुवात गर्नु पर्ने बताए । प्रमुख अतिथि ज्ञवालीले विद्यार्थीहरुलाई चिन्ता गरेर हैन चिन्तन गरेर पढ्न हौसला प्रदान गर्दै उनले नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेकोमा आभार व्यक्त गरेका थिए ।
नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां संयोजक रहेको उक्त अभिमुखीकरण कार्यक्रमको संचालन नेसनल प्याव्सन जिल्ला सचिव कुमार थापा मगरले गरेका थिए । कार्यक्रमका सभाध्यक्ष एवं नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यार्थीहरुले गणित विषयलाई अत्यन्तै कठिन विषयको रुपमा बुझेकाले यस्तो भ्रममा नपरी सहज रुपमा सिकाई गर्न सकिन्छ भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताए । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा हौसला हुने साथै थप आत्मबल बढ्ने बताए।
साथै कार्यक्रममा नेसनल प्याव्सन बागमती प्रदेश सहकोषाध्यक्ष साधुराम गैडा, नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखो, कोषाध्यक्ष विक्रम थापा, सहकोषाध्यक्ष रत्न बहादुर राई, मिडभ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्ल जोशी, पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा, नेसनल प्याव्सन जिल्ला कार्यसमिति भक्तपुरका सदस्य एवं प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।
