ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरको रोम्वस स्कुल आइएसओ २१००१ः२०१८ बाट सर्टिफाइड

Gyan Khabar

ज्ञानखबर

बुध, माघ १६, २०८१
845 पटक हेरिएको
भक्तपुरको रोम्वस स्कुल आइएसओ २१००१ः२०१८ बाट सर्टिफाइड

भक्तपुर १० कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कुल अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ २१००१ः२०१८ बाट सर्टिफाइड भएको छ ।

बुधबार भक्तपुरमा नेकपा एसका अध्यक्ष माधबकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्कामा आइएसओ सर्टिफिकेट हस्तान्तरण गरिएको थियो । अध्यक्ष नेपालले शिक्षा क्षेत्रमा छोटो अवधिमै उल्लेखनीय योगदान पुर्याउन सफल भएको बताउँदै आइएसओ प्राप्त गर्न सफल रोम्वस स्कुललाई बधाई दिएका थिए ।

कार्यक्रममा एभरेष्ट इन्टरनेशनल म्यानेज्मेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रा.लि.का प्रवन्ध निर्देशक सैलेन्द्र खरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता कोजू र संस्थापक प्रिन्सिपल डा. राजेन्द्र कोजूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा डा. इवामुरा मेमोरियल अस्पतालको आकस्मिक शाखाका डा. विनोद दंगालले पनि विद्यालयले प्राप्त गरेको सफलताको लागि बधाई दिएका थिए ।

स्कुलका प्रिन्सिपल डा. राजेन्द्र कोजूले विद्यालयले हरेक क्षेत्रमा गुणस्तरीय शिक्षा दिन कुनै कसर बाँकी नराख्ने र देशकै उत्कृष्ठ नमूनाको रुपमा पहिचान बनाउन लागिरहेको बताउँदै उक्त प्रमाणपत्रसँगै विद्यालयको शैक्षिक गुणस्तर सुनिश्चितताको आधार बनेको बताएका थिए । सो कार्यक्रममा विद्यार्थीहरूले सांगितिक प्रस्तुति पनि देखाएका थिए ।

FB IMG 1738164165865

FB IMG 1738164205931

FB IMG 1738164216460