ताजा अपडेट

ट्रेन्डिङ

विषयगत समितिको बैठक तथा शिक्षा सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, माघ १६, २०८१
5634 पटक हेरिएको
विषयगत समितिको बैठक तथा शिक्षा सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न

संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा विषयगत समितिको बैठक तथा शिक्षा सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ।

राजधानीको होटल शंकर, लाजिम्पाटमा भएको कार्यक्रममा सातै प्रदेशका सामाजिक विकास मन्त्री, सचिव तथा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा सहभागीहरू र शिक्षा मन्त्री भट्टराईबीच शिक्षा सुधारका विभिन्न मुद्दाहरूमा व्यापक छलफल भएको छ ।

सहभागीहरूले शिक्षामा सुधारका लागि नीतिगत परिवर्तन, समन्वय र कार्यान्वयनको आवश्यकता औंल्याए भने मन्त्रीले शिक्षासम्बन्धी नीतिगत सुधार, शिक्षक व्यवस्थापन तथा बजेटको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए । छलफलका निष्कर्षहरूलाई कार्यान्वयन गर्न मन्त्रालयले थप पहल गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकमा विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयन, स्थानीय शिक्षा योजना निर्माण, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, विपद् प्रभावित विद्यालयको पुनर्निर्माण, माध्यमिक शिक्षा परीक्षा (SEE) सुधार, सामुदायिक तथा संस्थागत विद्यालयको नियमन र व्यवस्थापन तथा शिक्षक तलब भुक्तानीका विषयमा छलफल भएको थियो ।

FB IMG 1738166426394