ताजा अपडेट

ट्रेन्डिङ

सूर्यविनायकबाट कन्सल्टेन्सी सेवा दिँदैआर्गस एजुकेशन

Gyan Khabar

ज्ञानखबर

शनि, माघ १९, २०८१
652 पटक हेरिएको
सूर्यविनायकबाट कन्सल्टेन्सी सेवा दिँदैआर्गस एजुकेशन

विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको अर्को शाखा भक्तपुरको सूर्यविनायकमा विस्तार भएको छ ।

भक्तपुर नगरपालिका वडा नं ४ सूर्यविनायकमा उक्त कम्पनीको शाखाको शनिबार भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उदघाटन गरेको हो ।

विदेशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको छ । संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको जनाइएको छ ।
विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्यु जिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा आफ्नो सेवा दिदै आएको छ ।

भक्तपुरमा आर्गस एजुकेशनको शाखा विस्तारले अब यहाँका विद्यार्थीहरु कन्सल्टेन्सी सेवा लिन काठमाडौँ गइराख्नु पर्ने झन्झटबाट मुक्त हुने शाखाका अध्यक्ष अच्युत प्रजापतिले विश्वास ब्यक्त गरे ।