ताजा अपडेट

ट्रेन्डिङ

वी किड्स स्कूलद्वारा आयोजित पाचौं स्पोट्स कार्निभल २०८१ शुक्रबार सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, माघ १९, २०८१
820 पटक हेरिएको
वी किड्स स्कूलद्वारा आयोजित पाचौं स्पोट्स कार्निभल २०८१ शुक्रबार सम्पन्न

भक्तपुरको पाण्डुबजार हाइटमा अवस्थित वी किड्स स्कूलद्वारा आयोजित पाचौं स्पोट्स कार्निभल २०८१ शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा ईसिडी शिक्षाविद रमेश भुषालको प्रमुख आतिथ्यता, त्रिभुवन विश्वविध्यालयका सह प्राध्यापक संस्कृतिविद विश्व मोहन जोशी विशेष आतिथ्यता तथा भक्तपुर शितेरियो कराते संघका अध्यक्ष राजु बजिकोको अथित्यता रहेको थियो ।

वी किड्स स्कूलको गत माघ १३ गते आइतबारदेखि पाचौं स्पोट्स कार्निभल सुरू गरेको थियो। ‘एक्स्प्लोर, लर्न र ग्रो’ लाई मुख्य आधार बनाइ सञ्चालनमा रहेको उक्त स्कूलले आयोजना गरेको सो कार्निभलमा समावेश खेलमा उत्कृष्ट खेल प्रदर्शनी गरेका विद्यार्थीलाई कार्यक्रम समापनको अवसरमा सम्मानित गरेको थियो ।

FB IMG 1738446582202

FB IMG 1738446587614

विद्यार्थी नानीवावुहरूको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने उद्देश्यले हप्ता भरी संचालित स्पोट्स कार्निभल २०८१ मा, जम्पिङ रेस, स्पोन रेस, म्याथम्याटिकल रेस, स्याक रेस, रनिङ रेश, हुला हुप्स, पजल रेस, रिङ रेस, कलेक्टिङ बल, म्युजिकल चियर, बेलुन ब्यालेन्सिङ, टावर मेकिङ गेम, पानी भर्ने खेल, फनविथ अब्ट्याकल, निडल गेम, थ्री कोन, चियर एरेन्ज, बिस्कुट इटिङ, बेलुन ब्लाष्ट, कराते(छात्र/छात्रा), थ्रेडिङ गेम र जिगज्याग रेस खेलाइएको थियो।

FB IMG 1738446452146

FB IMG 1738446544555

कार्यक्रममा ईसिडी शिक्षाविद रमेश भुषालले आजको समयमा विद्यालयहरूले शैक्षिक विकासका साथै 21st Century Skills को विकासमा जोड दिनुपर्ने बताए । यसै सन्दर्भमा वि किड्सले खेल मार्फत यी सीपहरू वालवालिकाहरूमा विकास गर्ने प्रयास सह्रानीय रहको र यस्ता क्रियाकलापहरूले भविष्यमा वालवालिकाहरूलाई सफल बनाउन मद्दत पुग्ने बताए । उनले सो स्कुलले छोटो समयमै बाल मनोविज्ञानमा आधारित भई अभिभावकहरुको आवश्यकता पूरा गरिरहेको पनि जनाए ।

त्रिविका सहप्राध्यापक एवम् शिक्षाविद् विश्वममोहन जोशीले वि किड्सले शिक्षा र संस्कारलाई सँगै अघि लगिरहेको आफूले पाएको जनाउँदै शिक्षाले देशप्रेमको भावना विकासमा टेवा पुर्याउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय संस्कृति तथा भाषामा आएको विचलनप्रति सचेत हुनुपर्ने जनाए ।

कार्यक्रममा जिल्ला सितोरियो कराते महासंघ भक्तपुरका महासचिव राजु बजिकोले विद्यार्थीको प्रतिभा उजागरका लागि वी किड्सको उदाहरणीय अभ्यास गरेको बताए । उनले विद्यार्थीलाई कार्यक्रम सञ्चालन गर्न लगाएर विद्यार्थीको नेतृत्व र क्षमता विकासका लागि अवसर प्रदान गरी उदाहरणीय काम गरेको बताए ।

FB IMG 1738446598299

FB IMG 1738446605720

विद्यालयका प्रिन्सिपल मञ्जु दुवालले विद्यालयले गरिरहेको शैक्षिक अभ्यासमा जोडिएका सबै पक्षलाई धन्यवाद सहित आभार व्यक्त गरिन ।

FB IMG 1738446422802 1

FB IMG 1738446506454