ताजा अपडेट

ट्रेन्डिङ

हल्ट प्राइज एट एसएमसीको सेमिफाइनल उत्साहका साथ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, माघ २०, २०८१
474 पटक हेरिएको
हल्ट प्राइज एट एसएमसीको सेमिफाइनल उत्साहका साथ सम्पन्न

हल्ट प्राइज एट एसएमसी अन्तर्गत सेमिफाइनल चरण उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।

कुल १२ वटा टोलीहरू आफ्नो नविनतम् तथा समाजमा सकारात्मक प्रभाव पार्ने विचारहरूसहित प्रतिस्पर्धामा उत्रिएका थिए। प्रतिस्पर्धी टोलीहरूले पर्यावरणीय र सामाजिक समस्याहरू समाधान गर्ने विभिन्न नवप्रवर्तनशील विचारहरू प्रस्तुत गरे।

टिम फोर्टिट्यूडले प्रयोग गरिएका डायपर र स्यानिटरी प्याडबाट कागज उत्पादन गर्ने योजना ल्यायो भने टिम ईसी वेयर ले प्लास्टिक रिसाइक्लिङ गरी लुगा, खेलौना, पाइप आदि बनाउने विचार प्रस्तुत गरे ।

टिम बनाप्याडले केराको फाइबरबाट स्यानिटरी प्याड निर्माण गर्ने योजना प्रस्तुत गरे भने टिम सुगर र्याप ले उखुको प्रयोग गरिसकेपछि विभिन्न उत्पादनहरू बनाउन सकिने अवधारणा राखे । टिम साइट्रो ब्लूमले सिट्रोनेला तेल तथा अन्य उत्पादनहरू निर्माण गर्ने सोच अघि सार्‍यो भने टिम वायुदृष्टि ले सस्तो र बोक्न मिल्ने वायु गुणस्तर मापन यन्त्र प्रस्तुत गरे ।

त्यसैगरी, टिम बीसीटीएस ले पुराना सारीहरूबाट हस्तनिर्मित कार्पेट तथा अन्य सामग्रीहरू उत्पादन गर्ने योजना प्रस्तुत गरे भने टिम रिन्यु भिजनरीज़ ले फोहोरलाई पुनः प्रयोग गरी नयाँ उत्पादनहरू निर्माण गर्ने अवधारणा प्रस्तुत गरे । टिम ग्रीन ले वातावरणीय कार्यमा संलग्न व्यक्तिहरूको लागि बीमा योजना प्रस्तुत गर्‍यो भने टिम सबै शेयर ले अनावश्यक सामानहरू आदान-प्रदान गर्न सकिने डिजिटल एप बनाउने सोच राखे । 

टिम जिरो साइकल नेपालले कार्यालयहरूमा प्रयोग भएका कागजबाट डेलिभरी झोला तथा अन्य सामग्रीहरू निर्माण गर्ने अवधारणा प्रस्तुत गर्‍यो भने टिम स्पार्क ले चिकित्सा क्षेत्रका लागि रिपोर्ट, अपोइन्टमेन्ट आदिको व्यवस्थापन गर्ने एप निर्माण गर्ने योजना ल्याए

सेमिफाइनलमा अभय थापा (क्याम्पस निर्देशक, ISMT) र अदित्य आचार्य (संस्थापक, Kreemee) को मूल्यांकन तथा सुझावहरूले प्रतियोगीहरूलाई थप सुधार गर्न प्रेरित गरेको थियो ।