मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले माघ २१ गते श्री पञ्चमीको पावन अवसरमा सरस्वती पूजा तथा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अक्षरारम्भ कार्यक्रमको आयोजना गरेको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विधिवत रूपमा पूजाआजा गरी सुरु भएको उक्त कार्यक्रम विद्यालयको मुख्य ब्लक (मावि ब्लक) तथा पाटी बिहारस्थित पूर्व प्राथमिक तहमा आयोजना गरिएको थियो।
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले श्रीपञ्चमीको महत्व दर्शाउँदै सरस्वती संकल्प पत्र वाचन गराएका थिए भने कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले सरस्वती सम्बन्धी कविता र मन्तव्य समेत राखेका थिए ।
साथै विद्यालयको पाटी बिहारमा अवस्थित पूर्व प्रावी तहको ब्लकमा नव आगन्तुक विद्यार्थीहरूका लागि अक्षरारम्भ कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रिन्सिपल प्रजापतिले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि युगको चाहना अनुसारको वैज्ञानिक, गुणस्तरीय एवं सभ्यता संस्कृति र संस्कार निर्माण गर्ने व्यावहारिक र जीवनोपयोगी शिक्षा विद्यालयले प्रदान गरिरहेको बताउँदै सरस्वती पूजाको सबैलाई शुभकामना व्यक्त गरेका थिए ।
